शेयर बजारमा आज दोहोरो अंकले गिरावट

, , Leave a comment

आज मंगलबार सेयर बजार दोहोरो दोहोरो अङ्कले घटेको छ । आइतबार र सोमबार उक्लेको सेयर बजार आज साताको तेश्रो दिन दोहोरो अंक ले घटेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा झरेको छ।

आज १५९ कम्पनीको १४ लाख ७८ हजार ७२४ कित्ता शेयर कारोबार हुदा कुल ५३ करोड २३ लाख २५ हजार ६४६ रुपया कारोबार भएको थियो।

आज समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयरको मूल्य उकालो लागेको थियो भने विजय लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रो पावर, स्वरोजगार लघुवित्त विकास बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयर मूल्य घटेको थियो।

 

Leave a Reply