सिधा कुरा जनताको प्रभाब : कसैले गरे घरभाडा फिर्ता, कोहि सांसद आश्चार्यमा

सिधा कुरा जनतासंग को अघिल्लो कार्यक्रममा रबि लामिछानेले काठमान्डौ मा घर हुने संसादले पनि घर भाडा लिएको बिषय मा रिपोर्ट प्रसारण गरेका थिए। खोज पत्रकारिता नेपालले खोजेर तयार पारेको रिपोर्ट अनुसार राजधानीमै आफ्नो घर भएर पनि घर भाडा बापतको रकम लिएकॊ बिषयमा देशका ठुला मिडियाहरुले उच्च महत्व दिदै छापेको थियो।

सोहि बिषयलाई उच्च महत्व दिदै न्युज २४ नेपालले पनि सिधा कुरा जनतासंग कार्यक्रममा उच्च महत्व दिदै कार्यक्रमको आधा समय यहि बिषयमा खर्च गरेको थियो। रबि लामिछ्नेले यसरि घर भाडा लिने सांसदहरुलाई सके फिर्ता गर्न आग्रह समेत गरेका थिए। सिधा कुरा जनतामा प्रसारण भएको भोलि पल्ट नै नेता योगेश भट्टराइले आफुले सुरुमै घर भएको विवरण पेश गरेको र आफुलाई घर भाडा बापतको रकम आएको थाहा नभएको जानकारी गराउदै संसदीय कार्यालयमा काम गर्ने कर्मचारीको गल्तीले यस्तो भएको हुन् सक्ने भन्दै प्रेस बिज्ञप्ति जारि गरेका थिए। त्यसरी नै अरु सांसद हरुले पनि धमाधम घरभाडा बापतको रकम फिर्ता गर्न थालेका छन्। सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् ।

संसद् सचिवालयले जनाए अनुसार आईतबार कांग्रेसका सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आफुले बुझेको घरभाडा बापतको रकम फिर्ता गरेका छन् । अरु माननीय सांसद हरुले आफुले पनि कति तिर्नुपर्ने हो भन्दै बुझ्न आउनुभएको छ, सचिवालयका एक कर्मचारीले जानकारी दिएका हुन्।

सांसद् उमेश श्रेष्ठले घरभाडा लिने सांसद्को सुचीमा नाम आएपछि चिन्तित् भएको बताएका छन् । संसद सचिवालयका महासचिवलाई पत्रमा ‘ मेरो नाममा घरभाडावापत जम्मा भएको भए फिर्ता बुझिलिन यसै पत्रसाथ संलग्न गरी पठाएको जानकरी गराउँछु ‘ भन्ने लेखेर पत्र बुझाए। आफुले ललितपुरको झम्सिखेलमा घर भको विवरण सुरुमै बुझाए पनि घरभाडा लिएको भन्दै विवरण सार्वजनिक भएपछि आश्चार्यमा परेको उनले उल्लेख गरेका छन् ।

One Comment on “सिधा कुरा जनताको प्रभाब : कसैले गरे घरभाडा फिर्ता, कोहि सांसद आश्चार्यमा”

  1. थुक्क द्रब्यपिचास हो!!! तिमीहरुले कसैले देखेन भने गु मा परेको पैसा पनि दांतले टिपेर लिन रेछौ । यस्ता ले के कानुन बनाउलान र कानुन पालना गराउलान । आफै चोर । यस्मा राहतको पाल काखी च्यापेर संसद बाट निस्कने धेरै जना देखिए । #थुक्क गन्तन्त्रे . Go to hell.

Leave a Reply

Your email address will not be published. Required fields are marked *