‘चौका दाउ’ मा बर्षा राउतको हट अबतार ! हेर्नुस ट्रेलर ( भिडियो सहित )

कमेडी जनरा बनेको नेपाली नया चलचित्र छक्का दाउ को ट्रेलर सार्बजनिक भएको छ। चलचित्रमा हिरोइन बर्षा राउत को हट अबतार देख्न सकिन्छ। ४ जना पाको उमेरको मानिसको मानिस संगको रमाइलो फ्लर्टको कथामा बनेको चलचित्र ‘चौका दाउ’ को ट्रेलरलाइ एक कार्यक्रमका साथ् सार्वजनिक गरिएको हो। हट अबतारमा प्रस्तुत भएकी यो चलचित्रमा नायिका बर्षा राउतको पछाडी ४ जना पुरुषको होडबाजी लाइ देखाइएको छ । यस चलचित्रमा बर्षालाइ रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तले साथ् दिएका छन्।

अभिमन्यू निरबीको पटकथा रहेको यस चलचित्रमा बसन्त श्रेष्ठ र भिमफेदी गाइजले कोरियोग्राफी गरेका छन्। दिर्घ गुरुङले चलचित्रको छायांकन गरेक छन् भने मित्र डी गुरुङको सम्पादन रहेको छ। पुर्नेन्दु झाको निर्देशनमा तयार भएको यो चलचित्रलाइ सौर्यजित बाँस्कोटा र मनोजराज भण्डारीको निर्माण गरेका हुन्।

पौषको २७ गते देखि देश भर रिलिज हुने तयारीमा रहेको यो चलचित्र चल्नेमा यसको निर्माणपक्ष ढुक्क देखिन्छन । सम्पूर्ण रुपमा कमेडी जनारामा तयार यस चलचित्रले दर्शकलाई मनोरञ्जन दिनेमा यसको निर्माण पक्षले आसा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *