रबि लामिछानेलाई साथ् दिदै समाजसेवी इशाले गरिन यस्तो अपिल ( भिडियो सहित )

बिदेशी भूमिमा बसेर आफ्नो देश र नेपाली दाजु भाइलाई सहयोग गर्दै आएकि नेपालि हुन् इशा गुरुङ। सामाजिक अभियन्ता समेत रहेकी उनले समय समय सामाजिक संजाल मा आएर दुखी र गरिब र सहयोग को खाचो हुनेका लागि सहयोग को अपिल गर्दै आएकी छिन। धेरै अघि देखि नेपाल र नेपालीकै लागि समर्पित हुदै आएकी छिन। बेलायतमा रहेर पनि नेपालमा समस्या परेका हरुलाई सहयोग गर्दै आउने गरेकी छिन। कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो गोजी बाटै सहयोग गर्ने गरेकी छिन्। पछिल्लो समयमा उनले चार बर्षकी ब्लड क्यासहयोग न्सर पीडित कृश्टिना सुनार बचाऊ अभियानमा दिनरात नभनी ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण गराएकी थिइन। आफु बेलायतमा भएपनि मन भने नेपालमा नै रहेको उनले बताउदै आएकी छिन। नेपालीहरुको पिडामा आफ्नो मन रुने उनि बताउछिन ।

उनि फेरि लाइभ आउदै रबि लामिछानेलाई सहयोग गर्न अपिल गरेकी छिन। यस अघि रबि लामिछानेले घोषणा गरेको दुर्गम रास्कोट अस्पताल लाइ सहयोग गर्न सबैलाई अपिल गर्न उनि आएकी हुन्। अस्पताल नै नभएको २ दिन लगाएर पुग्न पर्ने दुर्गम रास्कोट मा सामुदायिक अस्पताल बनाउने घोषणा रविले गर्दै यस अभियान मा लागेक छन्।

सिधा कुरा जनतासंगको टोलीले निर्माण गर्न चलाएको अभियान नेपाल सामुदायिक हस्पिट्लमा आफुले पनि इँटा थप्ने काम गरेको बताइन। देशकै दुर्गम ठाउमा अस्पताल को कुरा त परे जाओस तेहाको गरिब जनताहरू जिबनजल र सिटामोल नपाएर मर्न बाध्य भैरहेका छन्। कुपोषणको ग्रसित बनेका उनीहरु सुत्केरी हुदा बच्चा जन्माउन नसकेर मर्न समेत परिरहेको कुरा ले आफुलाई मन छोएको बताए। त्यसैले रविले रास्कोट सामुदायिक अस्पताल १५ बेडको अस्पताल निर्माण गर्न लागेको हो। यो अभियानमा समाजसेवी इशाले आफ्नो व्यक्तिगत सहयोग रू १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन्। सरकारको आशा नगरौ भन्दै राष्ट्को सपुत छोरा रबी लामिछानेलाई सबैले सहयोग गरौ भन्दै सबैलाई फेसबुक मार्फत सबैलाई आह्वान गरेकी हुन्।

भिडियोमा हेर्नुहोस

One Comment on “रबि लामिछानेलाई साथ् दिदै समाजसेवी इशाले गरिन यस्तो अपिल ( भिडियो सहित )”

  1. रबिले संसार भर का नेपाली र नेपाल लाई माया गर्ने सबैको मन जितेका छन । रबी सबै का आखा का तारा हुन भने यि गलगाणे नेता हरु आंखा का कसिङ्गर हुन । सै का आखा मा यी नेता बिझाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *