रबि लामिछानेले दिए यस्तो सुझाब , ओठे जवाफ हैन काम गरेर मन जित्नुस ( भिडियो )

सरकारको चौतर्फी आलोचना भैरहेको सन्दर्भमा सरकारले बेलैमा सोच्नु जरुरि छ । देशको सरकार पाइलै पिच्छे आलोचित हुने, देशका प्रधानमन्त्री बोल्यो कि विवादित हुने स्थिति आउनु राम्रो होइन । प्रधानमन्त्री वा सरकार असफल हुदाँ केही राजनीतिज्ञलाई फाइदा होला तर आम सर्वसाधारण जनता र सिंगै मुलुकको ५ बर्ष खेर जान्छ ।

बोल्यो कि हाँस्ने, ताली पट्काउनेलाई हरेक कुरामा तारिफ मात्र गर्ने लाइ गाला पट्काउनु बेस हुन्छ । देशको सरकारलाई रबि लामिछानेले सुझाब दिएका छन्। सरकार नौ महिनामै अति बिधि आलोचित हुनुमा केहि त कमजोरी हुनु पर्छ। ओठे जवाफ दिने र हरेक कुरामा जवाफ मात्र फर्काउने अनि बाचा गरिरहने भन्दा अब बरु आफुलाई सुधार्न पर्ने ठाउमा सुधार्नु बेस होला।

सरकार ले तोद्छु भनेको सिण्डीकेट तोडियो न अरु बोलेका कुरा नै पुरा भए । देश ले बल्लाबल्ल २ तिहाइकॊ बलियो सरकार यदि यसरि नै खेर गरे नेताहरुलाई यही नहोला तर देशलाइ ठुलो घाटा हुन्छ। देश को ५ वर्ष बिग्रियो भने महाकाल हुन्छ । त्यसैले रविले प्रधानमन्त्री ज्यु, तथा मन्त्री ज्युहरु बोल्न कम गर्न आग्रह गरे। बरु काममा मात्र लागे बोल्ने नपर्ने उनको धारणा प्रस्तुत गरे ।

One Comment on “रबि लामिछानेले दिए यस्तो सुझाब , ओठे जवाफ हैन काम गरेर मन जित्नुस ( भिडियो )”

  1. सारै राम्रो सुझाब दिएका छन रबी ले । ओलि ले यती कुरा ध्यान दिएमा मन्त्री को, प्रधान मन्त्री को मात्र होइन देश को नै हित हुने छ । रबी को भ नाइ मा मेरो दस लाख समर्थन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *