नेपाली फिल्म ‘पासवर्ड’ मा सन्नीको हट आइटम डान्स ( फोटो फिचर )

कुनै समय कि पोर्न स्टार र बलिवुडकि हट नायिका सन्नी लियोनीले एक नेपाली फिल्मका लागि आइटम डान्स गरेकी छिन् ।

‘पासवर्ड’ नामको नेपाली फिल्मको लागि सन्नी लियोनीले आइटम डान्स गरेको हो। लण्डनमा शुट भएको यो गीतको निर्माण गर्न महंगो बजेट खर्च भएको छ । कोरियोग्राफर बिष्णु देभाले गीतको भिडियो निर्देशन गरेको यस गीतको बोल भने ‘सन्नी हो नाम मेरो’ रहेको छ। जसमा सन्नीको हट अबतारमा डान्स देख्न पाइनेछ।

अर्जुन पोखरेलको संगीत रहेको यस गीतको भिडियोमा डान्स गर्न सन्नीलाइ २ सय बढी डान्सरलाई साथ दिएका छन् । सन्नीको माग अनुसार गीत तयार पारिएको चलचित्र निर्माण पक्ष ले दाबि गरेको छ। यो गीतका लागि मात्र २ करोड भारतीय रुपैयाँमा संझौता गरेको निर्माणपक्षले बताएको छ । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ ।

एक्सन सहित थ्रिलर कथामा यो चलचित्र तयार बनेको छ । चलचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *