लगातार रातको समयमा काम हुन्छ क्यान्सर ?

रात मा काम गर्नु स्वास्थ्य का लागि कति हानिकरक छ ? यो प्रश्न धेरैको मनमा हुन्छा होला। देशको दाजोमा अधिकांस बिदेशमा रोजगारमा जानेहरुले रातमा काम गर्नु पर्ने बाध्यता रहनछ नै। संसारमा कैयौँ यस्ता संस्था छन्, जहाँ रातको समय काम गर्ने पर्ने हुन्छ।

रातिको समयमा पुरुष महिला दुबैले काम गर्छन। पुरुषको तुलनामा महिलालाई रातिको समयमा काम गर्दा बढी खतरा हुन्छ यो कुरा एक अनुसान्धानले देखाउछ। नाइट सिफ्टमा लगातार धेरै समय काम गर्दा महिलाहरुमा विभिन्न क्यान्सरको सम्भावना बढ्ने अनुसान्धानले देखाएको छ। अनुसन्धानले देखाएको छ ‘नियमित घन्टौँसम्म रातिको समयमा काम गर्ने महिलामा क्यान्सरको सम्भावना १९ प्रतिशतले बढी हुन्छ ।’

नाइट सिफ्टमा लगातार काम गर्ने नर्सहरूमा ब्रेस्ट क्यान्सर समेत देखिएको छ। क्यान्सर एपिडेमियोलोजी, बायोमार्कर एन्ड प्रिवेन्सन पत्रिकामा अनुसन्धानको तथ्य प्रकाशित भएको छ । अनुसन्धानले नाइट सिफ्टमा काम गर्ने महिलामा सम्भावित क्यान्सरको प्रतिशत पनि सार्वजनिक गरेको छ । उक्त अनुसन्धानअनुसार नाइट सिफ्टमा काम नगर्नेभन्दा काम गर्ने महिलामा ४१ प्रतिशत स्किन क्यान्सर, ३२ प्रतिशत ब्रेस्ट क्यान्सर र १८ प्रतिशत ग्यास्ट्रोस्टाइनल क्यान्सरको खतरा बढेर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *