लैनचौरको तिर्सरा रेस्टुरेण्टमा पूर्वराजाको डान्स ( भिडियो सहित )

, , 1 Comment

अहिले पूर्वराजा ज्ञानेन्द्र शाहले गरे डान्स सर्बत्र चर्चाको चलिरहेको छ । शुक्रबार साँझ पूर्वराजाले डान्स गरेका थिए । शुक्रबार बेलुकी आफ्नो ज्वाइँ राजीव शाहीको जन्मदिनको अबसरमा लैनचौरस्थित तिर्सरा रेस्टुरेण्टमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो आफन्तहरुसँग पार्टीमा सहभागी भएसंगै नाचगान समेत गरेका थिए।

पूर्व राजा ज्ञानेन्द्रका सम्पूर्ण परिवार सहभागी उक्त जमघटमा पूर्वरानी कोमल राज्यलक्ष्मी , पूर्व युवराज पारस शाह र अन्य राजपरिवारका सदस्यहरुको समेत उपस्थिति रहेको थियो । पूर्वराजा सहभागी उक्त पार्टीमा खिचिएको तस्बिरहरुलाई तिर्सरा रेष्टुरेण्टले फेसबुक पेज मार्फत सार्बजनिक गरेको थियो। कुनै बेला राजा बनेर देश सम्हालेका पूर्व राजा ज्ञानेन्द्र तस्बिरमा सामान्य नागरिक बनेर नाचेको देखिन्छ।

पूर्व राजाको परिवारले गरेको उक्त पार्टीको तस्बिर रेष्टुरेण्टले फेसबुकमा पोस्ट गरेपछि विभिन्न किसिमका कमेन्टहरु आएका छन् । हेर्नुहोस् पार्टीको फोटो भिडियो –

 

One Response

Leave a Reply