रबि लामिछानेले गरे अस्पताल बनाउने घोषणा , कालिकोटमा अस्पताल बन्ने

नेपालीहरुको मनको ढुकढुकीमा बस्न सफल पत्रकार कार्यक्रम प्रस्तोता रबि लामिछानेले दुर्गम जिल्ला कालिकोटको रासकोट नगरपालिकामा नमुना स्मार्ट डिजिटल अस्पताल बनाउने घोषणा गरेका छन्। आज उनले आफ्नो फेसबुक मार्फत यसको औपचारिक घोषणा गरेका हुन्। यस अघि पनि जनताकै लागि धेरै काम गर्दै आएका रविले यस पटक अस्पतालको घोषणा गरेका हुन्।

देशको दुर्गम जिल्लामा तेहाका बासिन्दा हरु अस्पताल र उपचारको को चरम अभाब रहेको कुरा यहाँ सम्मकि सिटामोलको अभावमा, जीवन जलको अभावमा, खानामा पौष्टिक तत्वको र आधारभुत स्वस्थ्य सेवाको अभावका कारण अकालमा मृत्यु भैरहेको कुरालाई मनन गर्दै नमुना स्मार्ट डिजिटल अस्पताल बनाउने घोषणा गरिएको बताइएको छ। दुर्गम भेग कर्णालीका जनताहरुले उपचारको अभावमा भोग्नुपरेको अकाल मृत्युलाई कम गर्न र सके जति दाजुभाइ दिदीबहिनीहरुको जिबन बचाउन सकिन्छ कि भनेर आफुले सानो प्रयास गरेको जनाएका छन्।

यस अघि न्युज २४ले सुरु गरेको सप्तरी मुसहर बस्ती निर्माण लगभग सकिने तयारीमा रहेको ले मधेस पछि फेरि यस्तै समस्या बाट गुज्रदै गरेको देशको अर्को दुर्गम पहाडी जिल्लामा अस्पताल बनाउने काम गर्न लागेको हो। बिदेशमै रहेका नेपालीहरुको सहयोगमा यो अस्पताल बन्ने भएको हो। रबि लामिछाने ब्रान्ड एम्बासडर रहेको एजी लिंक बाट पैसा पठाउने हरेक एक जनाको तर्फा बाट १०० रुपया रासकोट सामुदायिक अस्पतालको नाममा जम्मा हुने भएको हो।

 

रबि लामिछानेले फेसबुक मार्फत यस्तो घोषणा :

दुर्गम कालिकोटको रासकोट नगरपालिकामा सम्भवत पहिलो नमुना स्मार्ट डिजिटल अस्पताल बनाउने कार्यको सगौरव औपचारिक घोषण गर्न चाहन्छु। सिटामोलको अभावमा, जीवन जलको अभावमा, पौष्टिक खाना र आधारभुत स्वस्थ्य सेवाको अभावमा अकालमा मरिरहेका दुर्गम कर्णालीका केही दाजुभाइ दिदीबहिनीहरुलाई बचाउन सकिन्छ कि भनेर यो सानो प्रयास गरेको छु। यो कार्यमा मलाई सघाएको हुनाले र अन्य धेरै कारणले म Easylink Remantace का लागि ब्रान्ड एम्बासडर नियुक्त भएको छु। तपाईंले Easy Link बाट हरेक पटक पैसा पठाउदा Easy Link ले आफ्नो तर्फबाट तपाईंको नाममा कालिकोटमा निर्माण हुने उक्त रासकोट सामुदायिक अस्पतालको खातामा १०० रुपैयाँ जम्मा गरिदिन्छ।Easy Link को सेवा हाललाई जापान,कोरिया र साईप्रशमा मात्र छ । सप्तरीको मुसहर बस्ती निर्माण लगभग सकिनै लागेकोले अब हामी मधेस बाट दुर्गम पहाडी जिल्लामा जादैछौ। साथ, समर्थन, सुझाब र सहयोगको आशा राखेको छु।

One Comment on “रबि लामिछानेले गरे अस्पताल बनाउने घोषणा , कालिकोटमा अस्पताल बन्ने”

Leave a Reply

Your email address will not be published. Required fields are marked *