गरिबीका कारण आफुलाई स्कुलबाट निकालिदिन प्रधानाध्यापकलाई भावुक पत्र लेखिन यी बालिकाले

म्याग्दीकी एक बालिकाले आफ़ुलाइ विद्यालयबाट निस्काशन गर्न प्रधानाध्यापकलाई भाबुक पत्र लेखिन् । आर्थिक अवस्था कमजोर भएकी बेनी नगरपालिका–६ अर्थुङ्गे फोओठेकी १२ बर्षिया पूजा खत्रीले आफु विद्यालय जाने वातावरण नरहेको भन्दै भाबुक पत्रको चर्चा अहिले सर्वत्र भइरहेको छ । उनका बुबा दिनहु जाँडरक्सीले मातेर घरमा आउने, पेटभरी खान समेत नपाउने, चाहिने कपीकलम समेत नहुदा विद्यालयमा आउन नसक्ने भन्दै खत्रीले आफ्नो प्रधानध्यापक सोमनाथ ढुंगानालाई चिठीपठाएर आफुलाई हटाउन आग्रह गरेकी थिईन् ।

दुईबर्ष अघि सम्पर्क विहिन बनेकी आमा र गएको सार महिना देखि नदेखिएको बाबुको जिम्मेबारी सम्हाल्दै आएकी छिन् पुजाले। अहिले उनले चाहेर पनि आफ्नो पढ्ने रहर पुरा गर्न सक्ने स्थिति नभएको भन्दै पत्र पठाएकि हुन्। थोत्रो जीर्ण घरमा बस्ने खत्री दैनिक आफ्नो हजुरबुबालाई लिएर गाउँमा खाने कुरा माग्न जानुपर्ने भएकाले नियमित विद्यालय जान नसकेको बताउछिन।

पटक पटक विद्यालयले परिक्षा दिन अनुरोध गरेपछि खत्री विना तयारी फोहोर लुगा, फाटेको जुत्ता र मुजा लगाएर परिक्षामा बिहीबार सहभागि हुन आएको बताईन् । आफ्नो हजुरबुबा बृद्ध भएको रेखदेख गर्नपर्ने र विहान बेलुकी खाना पकाउनुपर्ने, गाउँघरमा खर्च जुटाउन जानुपर्ने हुदा आफुलाई बिद्यालय बात निस्कासन गर्न अनुरोध गरेकी हुन्। यदि प्रतिभा र दिमाग भएकी खत्री ले गरिबीकै कारण पढाइ छोड्नु पर्ने स्थिति सिर्जना हुनु भनेको लज्जास्पद हुनेछ।

2 Comments on “गरिबीका कारण आफुलाई स्कुलबाट निकालिदिन प्रधानाध्यापकलाई भावुक पत्र लेखिन यी बालिकाले”

  1. Hami sano bahini lai kasari sahayog garna sakxou,please tarika bataunu hola.hami sano vaye pani sahayog garna tayar xou

    1. dhanyabaad , सोमनाथ ढुंगाना ९८५७६२२२१५ मार्फत् बालिकालाई सीधा सहयोग गर्न सकिनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *