होसियार ! सामान्य लाग्ने यस्ता लक्षण देखिए पनि हुनसक्छ आन्द्राको क्यान्सर

तपाइँ हामीले बजारबाट ल्याई खाने कुनै पनि खानेकुरा र हरियो सब्जी तरकारी कति सुद्ध र स्वास्थ्य बर्धक हुने कुरा सबैलाई थाहा नै छ। विभिन्न रासायनिक मल र औषधी प्रयोग गरेर उत्पादित यस्ता खानेकुरा खादा हाम्रो स्वास्थ्यमा नराम्रो असर परिरहेको हुन्छ । खानेकुराको गुणस्तर मा ख्याल नगरी जे पायो तेही खानेकुराले प्राय जसो लाइ पेट सम्बन्धि रोगले सताउने गरेको हुन्छ। यस्तै रोग मध्य एक रोग आन्द्राको क्यान्सर हो। जुन एउटा गम्भीर समस्या हो जुन यसका लक्षण ले हेरी थाहा पाउन सकिन्छ।

आन्द्रा क्यान्सरका लक्षण

दिसामा रगत देखिएमा आन्द्रामा क्यान्सर रोग लागेको हुन सक्छ । दिसामा रगत देखिनु पेटको गम्भीर समस्याहो। यदि तपाइको तौल बिना कारण घटिरहेको छ भने पनि बिशेष ध्यान दिनु पर्छ। चाहिने भन्दा बढी थकानको महशुस हुनु पनि आन्द्राको क्यान्सरको संकेत हुन सक्छ । धेरै वान्ता भैरहनु पनि ठूलो आन्द्रामा क्यान्सर भएको संकेत हुन सक्छ।

आन्द्राको क्यान्सर महिलामा दोस्रो र पुरुषमा तेस्रो धेरै देखिने क्यान्सर रोग हो । यसका जस्तो लक्षण अरु रोगमा पनि देखिने भएकोले यो रोगको पहिचान समयमा हुन् गाह्रो हुन्छ । तेसैले यस रोग बाट बच्न ३० बर्ष कटेका बयस्क हरुले प्रत्येक ५ बर्षमा एकपटक ‘कोलनोस्कोपी’ गराउदा यो रोग लागेको नलागेको कुरा थाहा हुन्छ। यदि माथीका भनिएको कुनै पनि लक्षण देखापरे तुरुन्त डाक्टरको सल्लाह लिदा बेस होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *