यसरि गर्नुस अनलाइनबाट भिसा परिक्षण ! खाडि देशको रोजगारमा दलालबाट बच्नुस

के तपाइँ बैदेशिक रोजगारीका लागि खाडी देश जाँदै हुनुहुन्छ?  कुन देश , के काममा हो , कति तलब छ, कुन कम्पनी हो , दलालले ढाट्यो कि भन्ने अलमलमा हुनु हुन्छ ? तेसो भए तपाइले आफ्नो भिसा सहि छ या गलत आफै हेर्न सक्नुहुन्छ। अहिले हरु सोझासाझा हरुलाई गलत कुरा बोल्दै अप्ठेरो काम र बोले भन्दा फरक काम मा लगाउदा समस्या आउने गरेको छ। लाखौ तिरेर विदेश पुगिसके पछि काम फरक पर्दा नेपाल बाट जाने कामदारको बिचल्ली हुने गरेको छ। तेसैले तपाइले रोजगारीमा जानु अघि भिसाको जानकारी लिएर जानु बेस हुन्छ। सम्बन्धित देशको आधिकारिक वेबसाइट बाट तपाइले आफ्नो भिसा सहि या गलत पत्ता लगाउन सक्नुहुन्छ।

तपाइँ हरु घरै बसी बसी आफ्नो भिसा सम्बन्धि विवरण चेक गर्न सक्नु हुन्छ , बिदेशमा पुगेर पर्न सक्ने समस्या बाट बच्न सक्नुहुन्छ। तल देखाए बमोजिम गरि आफ्नो भिसा चेक गर्नु होला।

यु.ए.ई. ( युनाइटेड अरब इमिरेट्स )

  • https://echannels.moi.gov.ae/echannels/web/client/default.html#/login मा क्लिक गर्नुस
  • तेस्पछि पेजको माथि भागमा रहेको Public Services मा क्लिक गर्नुस
  • Public Services मा रहेको File Validity अप्संमा जानुस
  • तेस्पछि त्यो पेजमा Search By मा २ वटा विकल्प देखाउछ , त्यस मध्ये:
  • File No. छानेको खण्डमा Select the Type मा Visa रोजेर File Type मा Emirate Unified Number मा उक्त नम्बर भरेर Search मा Click गर्नुस वा
  • Passport Information छानेको खण्डमा Passport Number, Passport Expire Date र Nationality भरेर Search मा Click गर्नुस

कतार

  • कतार का लागि https://portal.moi.gov.qa/wps/portal/ar मा गएर English भाषा छान्नुस
  • माथि भागमा रहेको Menu मा क्लिक गर्नुस क्लिक गरेर MOI Services मा जानुस
  • तेस्पछि यो पेज मा रहेको Inquiries क्लिक गर्नुस
  • तेस्पछि Visa Services मा क्लिक गर्नुस
  • त्यहाँ तपाइले ३ विकल्प देख्नु हुनेछ तेस्मध्य Visa Inquiry & Printing क्लिक गरि Visa Number वा Passport Number भरेर Nationality मा Nepal छनौट गरेर Submit मा Click गर्नुस

साउदी अरेबिया

  • साउदिका लागि https://enjazit.com.sa/ मा गएर English भाषा छान्नुस
  • त्यस पेजमा Query Section अप्सन मा जानुस
  • अब Section मा रहेको Searching for मा Applied Application छानेर क्लिक गर्नुस
  • त्यहाँ तपाइको Application Number र Passport Number भरेर Search मा Click गर्नुस

कुवेत

  • कुवेतका लागि https://rnt.moi.gov.kw/esrv/Start.do मा गएर English भाषा छानुस
  • तेस्पची Menu मा गएर Visa Application Status मा क्लिक गर्नुस
  • तेस्पछि Section मा रहेको Visa Application Number भरेर Submit मा Click गर्नुस

बहराइन

  • बहराइनका लागि http://lmra.bh/portal/ar/home मा गएर English भाषा छान्नुस
  • तेस्पछि Menu मा रहेको Services मा क्लिक गरि Express Services छनौट गर्नुस
  • त्यस भित्र रहेको Section मा रहेको Passport मा Click गर्नुस
  • तेस्मा खुल्ने ठाउमा Passport Number भरेर Choose a Country मा Nepal छानी Search मा Click गर्नुस

यसरि तपाइले आफ्नो भिसा सम्बन्धित देशको वेबसाइट मा गएर सक्कली हो कि नक्कली हो पहिचान गर्न सक्नुहुन्छ। दलाल बाट झुक्याएर तपाइलाइ फसाउन सक्ने काम बाट बच्न सक्नुहुन्छ। विदेश जानु अघि आफ्नो भिसा अनलाइनमा यसरि नै एकपटक अबस्य चेक गर्नु होला।

 

One Comment on “यसरि गर्नुस अनलाइनबाट भिसा परिक्षण ! खाडि देशको रोजगारमा दलालबाट बच्नुस”

Leave a Reply

Your email address will not be published. Required fields are marked *