बलिवुड नायिका सन्नी लियोनि अभिनित नेपाली आइटम गीत सार्बजनिक……… भिडियो

, , Leave a comment

बलिवुड नायिका सन्नी लियोनिको नया आइटम डान्स सार्बजनिक भएको छ। नया नेपाली फिल्म ‘पासवर्ड’मा समाबेस गरिएको यो नया हट आइटम डान्सले बजार तताउने पक्का छन्। बलिवुडमा चर्चित सन्नी लियोनिलाइ यस फिल्म का लागि महँगो मूल्य तिरेर फिल्म युनिटले आइटम डान्स गराएको हो। सन्नी लियोनिको पहिलो नेपाली गीतमा आइटम डान्स हो। ‘आजको साम’ बोलको गीतमा सन्नीले हट डान्स गरेका हुन्।

बिहिबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै यो गीत सार्वजनिक गरिएको थियो। यो गीतलाई ओएसआरको अफिसियल युत्युब च्यानलमा अपलोड गरिएको छ। यस गीतलाई विक्रम जोशीले लेखेका हुन् भने अर्जुन पोखरेलले संगीत दिएका छन्। फिल्ममा एक्सन, कमेडी र थ्रिलर सबै समेटिएको छ। यस फिल्ममा सन्नी लियोनी, अनुप विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रम जोशी, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिसा सुनार, परी राना लगायत कलाकारको अभिनय रहेको छ ।

यो फिल्म देश भर भदौ २७ गते देखि रिलिज हुनेछ।

हेर्नुस भिडियोमा

 

Leave a Reply