‘प्रेम गीत ३’ ले पायो नया हिरो, मनिष राउत भए फाइनल

, , Leave a comment

पछिल्लो समय निकै चर्चा मा रहेको अन्य निर्माण हुन लागेको चलचित्र ‘प्रेम गीत ३’ को लागि नायक फाइनल भएको छ। आसुसेन फिल्मस्को ब्यानरमा तयार हुन लागेको प्रेमगीत ३ का लागि नायकमा मनिष राउत फाइनल भएका हुन्। यस अघि प्रेम गीत १ र २ मा प्रदिप खड्काले नायकको रुपमा अभिनय गरेका थिए। यस पटक भने यस चलचित्रले फ्रेश अनुहार पाउने भाको छ। त्यस्तै गरि फिल्मको टिमले नायिकाको लागि भने अडिसन जारी राखेको छ।

मनिषले नेपालको चलचित्र कलेज अस्कर इन्टरनेसलमा अभिनय अध्ययन गरेका हुन्। यसअघि उनले केही सर्ट फिल्ममा काम गरिसकेका छन्। फिल्मको निर्माण टिमले मनिषलाई चलचित्रमा नायकको रुपमा इन्ट्री गराएसँगै फिल्मको पोस्टर उनको फोटो सहित सार्वजनिक गरेको छ। आसुसेन फिल्मस् प्रडक्सनको ब्यानरमा बन्न लागेको यस चलचित्रमा सन्तोष सेनको निर्देशन रहने छ।

चैत्र २८ गरे रिलिज गरिने गरि निर्माण मा आउन लागेको चलचित्र ‘अ फर्बिडन लभ स्टोरी’ रोमान्टिक सिरिजमा तयार पारिने जनाएको छ। यस चलचित्रमा छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहने बताइएको छ।

 

Leave a Reply