गलबन्दी गीतको सम्बन्धमा गायक शम्भु राइले यस्तो बोले मिडियामा………भिडियो

, , Leave a comment

पछिल्लो समय चर्चित बनेको गीत गलबन्दीको बिषयमा गायक शम्भु राइले केहि आफ्नो भावना व्यक्त गरेका छन्। पछिल्लो पुस्ताका चलेका र राम्रा गायक शम्भु राइलाइ अहिले धेरैले नचिनेको हुन सक्छ। तर उनी शम्भु राइको गीत संग प्रकाश सपुतको गीत गलबन्दी मेल खान गएको थियो। नेपालको सांगीतिक बजार तताएको गलबन्दी गीतले अहिले सम्म १ करोड भ्यु कमाउदै सबै भन्दा छोटो समयमा १ करोड भ्यु कमाउने गीत बनेको छ। यस त प्रकाश सपुत को गीतको चर्चा चुलिएको छ भने शम्भु राइको गीत संग मिल्दो जुल्दो भएको भन्ने आलोचना भने नभएको हैन।

गायक शम्भु राईले आफ्नो गीत पूर्वेली भाकामा रहेको र प्रकाश सपुतको गलबन्दी उस्तै पश्चिमेली भाकामा बनाइएको बताएको हो। गायक राइले आफ्नो श्रीजना आफ्नो बच्चा सरि हुने र अरुले प्रयोग गरिदिदा मन दुख्ने बताएका छन्। शम्भु राईले क्यानाडा संग दिएको अन्तर्वार्तामा भनेका छन : “मेरो गितको लय लाई प्रकाश सपुतले चोरेको भनेको होईन तर उनले मेरो लय लाई बङ्गाएर गलबन्दी गित बनाएका हुन् । मेरो गित पूर्वेली भाका हो भने प्रकाश सपुतले पश्चिमिली भाकामा बङ्गाएर गलबन्दी गित बनाए र यो कुरा मैले होईन गित सुनेपछि सबैले भनेका छन् र यो नै सत्य हो ।”

गायक राइ थप्छन – मैले कसैलाई दोष लाएको होईन न आरिष गरेको हो । मेरो अस्तित्त्व चाहि हुनपर्छ भन्ने हो ।मेरो भाकाको मुटु कलेजो लगेर नया तरिकाले गित बनाए पछि हाम्रो पुस्ता विस्तापित हुने डरले म बोल्नु परेको हो तर मैले कुनै चोरेको आरोप लाएको भने होईन ।”

हेर्नुस भिडियोमा

 

Leave a Reply