बाबु सारंगी बजाउने छोरी मिठो गाउने , यस्तो छ बाबु छोरीको कथा ( भिडियो )

, , Leave a comment

यो हो सारंगी बजाउने बाबु छोरीको कथा। बाबु सारंगी बजाउने छोरी गीत गाउने। सारंगी बजाएर गुजारा गर्ने शिब र उनकी छोरि रेजिना। लामो समय देखि सारंगी बजाउने र गाउने काम गर्दै आएका उनीहरुको जिबन सैली नै हो। उनीहरुको पुरानो भिडियो जसमा सानी रेजिना गीत गाउदै छिन् , शिब सारंगी बजाउदै छन्। यो भिडियो यु ट्युबमा ६ वर्ष अगाडि कसैले राखेको थियो। जुन भिडियोले प्राय धेरै को आँखा र मन दुबै तान्ने गरेको छ यसै क्रममा हाम्रो पनि तानियो ।

शिब संगै गीत गाउदै हिड्ने गरेकी छोरी ठुली हुन थालेपछि शिब ले छोरीलाई लिएर हिड्न छोडेको बर्षौ भयो। रेजिना कि आमा पनि १ बर्ष अघि बितिसकिन। रेजिना पढ्दै छिन् १४ बर्ष कि भइन। बाबु राम्रो सारंगी गाउछन छोरी रेजिनाको गीत ले सबैको मन जित्ने गरेको छ। पेसाले गन्धर्व उनीहरु यसैलाई जिबन को सैली बनाएका छन्। यस्तो छ बाबु छोरीको कथा। नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए।

६ वर्षपछि हामी तिनै बाबुछोरीकोलाई खोज्दै झापाको एउटा गाउँ पुग्दा उनीहरु झापाको सबैभन्दा दक्षिणी भेग केचना कवलमा भेटीए । यहाँ भोजपुरका पहाडबाट बसाइँ झरेर आएका गन्धर्वहरूको गाउँ छ । गाउँको नाम चाहिँ सङ्गीत चोक। ४० घर गन्धर्व छन् । सङ्गीत चोक सङ्गीतमय छ । खेतीपातीको चटारोबीच पनि साथीभाइ भेटेर सारङ्गी रेट्न थालिहाल्छन्। सङ्गीत चोकका गन्धर्वहरूको मुख्य पेशा नै गाउने बजाउने हो। उनीहरु धरान, बिर्तामोड गइरहन्छन् । खेतीपाती भ्याएर छिमेकी देश भारतका सिक्किम दार्जिलिङ जानेहरूको लर्को पनि उत्तिकै हुन्छ । भारतमा कमाइ धेरै हुन्छ ।

हेर्नुस बाबु छोरीको कथा

 

Leave a Reply