सिधा कुरा जनताको प्रभाब: लिबियामा फसेका ४ नेपालीको यसरि भयो उद्दार ( भिडियो )

, , Leave a comment

सिधा कुरा जनता संगको प्रभाब का कारण लिबियामा फसेका ४ जना नेपालीको सफल उद्दार भएको छ। एक आमा सिधा कुरा जनताको कार्यालयमा आफ्नो छोरा विद्रोहीले बन्धक बनाएको भन्दै पिडा पोखेकी थिइन। लिबियाकै बिद्रोही पक्षको समुहले उनीहरुलाई बन्धक बनाउदै पैसा मागेको थियो। लिबिया समेत हेर्ने इजिप्ट स्थित नेपाली दुताबासको निरन्तर प्रयास पछि लिबिया स्थित अन्तरास्ट्रिय आप्रबासी संगठन आइओआम ले बन्दक बनेका ४ नेपाललाई छुटाएको छ।

लम्जुङ्गका पूर्ण प्रसाद अधिकारि , राज कुमार गुरुङ, नेत्र भट्टराई , दिनेश खत्री लाइ उद्दार गरिएको थियो। सकुसल उद्दार पछि अहिले उनीहरु आइओएम को क्याम मा रहेका छन्। सिधा कुरा जनतामा पुगेर रविलाई समस्या सुनेको केहि दिनमा नै सफल उद्दार भएको छ। आइओएम र युएन सपोर्ट मिसन इन लिबियामा कार्यक्रत कर्नेल समिर राणाको बिशेष भूमिका रहेको भन्दै रबि लामिछानेले स्टुडियो बाटै धन्यबाद दिए। उनिहरु माथि यातना समेत दिने काम भएको थियो।

केहि समय अघि पैसा कमाउने भन्दै रोजगारको लागि भनेर लिबिया पुगेका नेपालीहरु बन्धक बनेका थिए । तर होटल तथा अस्पतालमा काम पाउने आसमा लिबिया उनीहरु ले भने जस्तो काम नपाएपचि उनीहरु एक बंगालीका आस्वासनमा इटाली जाने भने जहाजमा चढेर पैसा तिरेर इटाली हिडेका थिए तर समुन्द्र मा नै बिद्रोही समुह ले उनीहरुलाई बन्धक बनाएर लिबिया फ़र्काएर्को थियो। बारम्बार पैसा बुझाउदै इटाली जान हिडेका उनीहरु इटाली पुग्ने त हैन यातना दिने बिद्रोहीको चंगुल मा फसेका थिए।

पछि उनीहरुलाई ३ हजार डलरदेखि ५ हजार डलरसम्म दिए उनीहरु लाइ छुटकारा दिने भन्दै मानसिक तथा शारीरिक यातना दिइरहेको पिडितहरुले फोन मार्फत परिवारलाई बताएका हुन् । तेही घटनामा परेका पिडित पूर्ण प्रसादले मिनेटको सय डलर तिरेर परिवारलाई फोन गरेका थिए। यसै समस्यालाइ सुनाउदै पिडित परिवार सम्बन्धित निकाय र सिधकुरा जनता मा पुगेका थिए र छोरा बचाउन सहयोग गर्न आग्रह गरेक थिए।

बाकि हेर्नुस भिडियो

 

Leave a Reply