१४ दिन देखि हराइरहेका यी बालक खोजिदिन गुहार्दै सिधा कुरा जनतामा

, , Leave a comment

बिगत १४ दिन देखि एक बालक हराएको भन्दै एक व्यक्ति सिधा कुरा जनता कार्यक्रममा आए। १५ बर्षका ति बालक धनगढी जाने क्रममा बसुन्धारा बाट बसपार्क जादा त्यो बच्चा हराएको हो। पिडितले प्रहरीमा गएर उजुरी गरेको तर प्रहरीले अहिले सम्म पत्ता लगाउन नसकेको बताएको हो। अहिले सम्म सम्पर्क बिहिन रहेको ति बालकको बारेमा प्रहरीले छानबिन भैरहेको प्रहरीले बताएको पिडितको भनाइ छ।

अहिले १४ दिन भैसकेको अबस्थामा घरमा अबस्था एकदम नाजुक रहेको बताउदै बालकलाइ खोजिदिन पिडितले सिधा कुरा जनतामा सम्पर्क गरि रबि लामिछानेलाई गुहारेका छन्। प्रहरीले समेत पत्ता लगाउन सकेको छैन तर सिधा कुरा जनता कार्यक्रम लाखौ जनताले हेर्ने भएको ले यस कार्यक्रममा सहयोग मागे छिटो पत्ता लाग्ने भन्दै उनले रबि लाइ गुहारेका हुन्। जताततै केहि गर्दा पनि केहि सीप् नलागेपछि सिधा कुरा जनताको दर्शकले पनि सहयोग गर्न सक्ने भन्दै उनले बालकको फोटो देखाउदै सहयोग मागेका हुन्।

रबि लामिछानेले पनि यस अघिको घटना जस्तै गरि यो घटना मा पनि दर्शकले साथ् दिएर बालक खोजिदिन आग्रह गरे। यस अघि पनि हराइरहेका र बिछोड भएका धेरैलाई मिलन गराउने काम यो कार्यक्रम ले गरेको छ। तपाइहरु पनि माथिको फोटो हेरी यदि यो बालक लाइ देख्नु भो भने सम्बन्धित परिवार वा प्रहरीमा खबर गरि खोज्न सहयोग गर्न सक्नुहुन्छ।

 

Leave a Reply