हप्ता दिन नहुदै कीर्तिमानी कामिरिता शेर्पा राखे फेरि अर्को किर्तिमान

, , Leave a comment

सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमानी राखेका आरोही कामिरिता शेर्पाले दिन प्रति दिन आफ्नै रेकर्ड तोड्दै चमत्कार गर्दै छन्। अहिले सम्म सबै भन्दा बढी २३ औ पटक सम्म सफल सगरमाथा आरोहण गरिसकेका सफल आरोही कामिरिता शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण समेत गरेका छन्। २३ औ पटक सगरमाथा चढेको किर्तिमान बनाएको एक हप्ता पनि नहुदै कामिरिता शेर्पाले फेरि सगरमाथा आरोहण गर्दै २४ औ पटकको सफल आरोहण गरेर विश्वमै दुर्लभ नयाँ कीर्तिमान राखेका हुन् ।

मंगलबार बिहान ६:३८ मिनेटमा कामिरिताले २४ औं सफल आरोहण सम्पन्न गरेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ले जानकारी दिए । अघिल्लो बुधबार २३ औंपटक सगरमाथाको चुचुरोमा पुगेका उनले एक साता पनि बित्न नपाउदै आफ्नै कीर्तिमानलाइ तोडेर अर्को किर्तिमान राखेका हुन्। यस अघि नै कीर्तिमानी आरोही कामिरिताले आफु सगरमाथा २५ औ पटक सम्म आरोहण गर्ने बताएका थिए।

सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गर्नु भएको शेर्पाले सगरमाथा चुचुरो सम्म २५ औ पटक सम्म पुग्ने लक्ष राखेका छन्।

 

Leave a Reply