विश्वकै अग्लो शिव पावर्तीको मुर्ति बनाउन ५० लाखको जग्गा दान गर्ने व्यक्ति सम्मान

, , Leave a comment

पर्वतमा माता पार्वतीको जन्मथलोमा बिश्वकै अग्लो शिब पार्वर्तीको मुर्ति बनाउन पर्वत कुस्माको एक परिवारले ५० लाख रुपैया बराबरको जग्गा दान गरे । कुस्मा नगरपालिका वडा नं ४ का सागर कर्माचार्यको परिवारले बिश्वकै अग्लो शिब पार्वर्तीको बनाउन आयोजना गरिएको महायज्ञमा ५० लाख भन्दा बढी रकम पर्ने एक रोपनी जग्गा दान गरेको हो । आफुले पनि केहि योगदान गर्नु पर्ने सोच बनाउदै योगदान दिन आफुले जग्गा दान दिएको कर्माचार्यले बताए।

विश्वकै नमुना अग्लो शिब पार्वर्ती र बहुउद्धेश्यीय पर्यटकीय स्थल बनाउनका लागि पर्बतमा पहिलोटक बिराट महायज्ञ संचालन गरिएको हो। यसै महायज्ञमा कर्माचार्यले पनि आफ्नो योगदान मिलोस भन्दै पचास लाख भन्दा बढी मूल्य पर्ने जग्गा दान गरेको हो। महायज्ञमा सवैभन्दा बढि राशिको जग्गा सहित रु १ लाख गरी ५१ लाख रुपैया दान गर्ने दानदाता सागर कर्माचार्यलाई दोसल्ला र डोलामा चढाएर सम्मान गर्नुका साथै बजार समेत परिक्रमा गराईयो। शिब पार्वर्तीको मुर्ति बनाउन गरिएको महायज्ञको छैटौ दिनसम्म १ करोड ७५ लाख रुपैया नगद र ५० लाख रुपैयाको जग्गा संकलन भएको छ ।

हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वत र तपस्या गरेको गुप्तेश्वर गुफालाई बिश्वभर चिनाउन बिराट गुप्तेश्वर कोटिहोम तथा तुलादान महायज्ञ लगाइएको हो । माता पार्वतीको जन्मभूमी पर्वत पाङ, पाङ र खुर्कोटको संगमस्थलमा रहेको पार्वती गुफा, जाडो समयमा पार्वतीले स्नान गर्ने पाङ सहश्रधारा, गर्मीयाममा स्नान गर्ने माथिल्लो सहस्रधारा जलजला पार्वतीखोला (पातीखोला), खुर्कोटमा अवस्थित भुवनेश्वरी गुफा लगायतका धार्मिक स्थलहरुलाई धार्मिक किंबदन्ति अनुसार जोडेर महायज्ञ आयोजना गरिएको महायज्ञ मुल संयाजक पृथ्वीनारायण शर्माको भनाई छ ।

 

Leave a Reply