६ दिन देखि बेपत्ता बिपिन यसरि भेटिए , श्रीमती निकिले दिइन सबैलाई धन्यबाद

, , Leave a comment

बिगत ६ दिन देखि हराइरहेका बिपिन देव काफ्ले अन्तत आज भेटिएका छन्। घर परिवारमा आमा बाबु श्रीमतीको रुवाबासि बीच नेपाली दाजुभाइको सहयोग ले उनि भेटिएका हुन्। बैसाख ३१ गते साझ देखि काठमाडौँबाट उनि बेपत्ता भएकाथिए। त्यस पछि सम्पर्क बिहिन बनेका उनलाई खोज्न परिवारले सामाजिक संजालमा सबैलाई आग्रह गरेको थियो। आफ्नो श्रीमान भेतिएपछि बिपिनकी श्रीमती निकीले फेसबुक मार्फत सबै दाजुभाइ दिदीबहिनीको सहयोगले नै श्रीमान भेटिएको भन्दै सबैलाई धन्यवाद गरेका छन।

सम्पर्कबिहिन रहेका बिपिनलाई आज बिरगंजमा भेटिएको हो। सामाजिक संजाल र मिडिया सबैले बिपिनलाइ खोज्न सहयोग गरेको थियो। यसैले सबैलाई निकिले धन्यबाद दिदै निकी भन्छिन आज मा धेरै खुशी छु हजुर हरुको प्रथाना र सहयोग ले गर्दा हामीले उहालाई भेट्न सफल भएका छौ , मैले आफुलाई संसार कै भाग्यमानी महसुस गरेकिछु । उहा लाइ बिरगंजमा भेटिएकोमा हामि निकै खुसि भएका छौ। आफुलाई संसारकै सबै भन्दा लक्की र खुसि फील भएको बताउदै सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यबाद।

बैसाख ३१ गते बेपत्ता भएका बिपिन ३१ गते मंगलवार होटल सांग्रीला अगाडी मोबाइलको अन्तिम ट्याकिङ्ग भएको थियो। बा ९१ प २५५० नम्बरको स्कुटर लिएर घरबाट हिडेका उनि सम्पर्क बिहिन परिवारमा रुवाबासी चलेको थियो। छोरा खोजिदिन बिपिनकी आमाले समेत सबैलाई अपिल गरेकी थिइन। जहाँ भएनी छोरा आइज ममीलाई नरुवा, श्रीमतीलाई नरुवा जहा जस्तो अवस्थामा भएपनि चाडो सम्पर्क गर छोरा भन्दै बिपिनकी आमाले बिलौना समेत पोखेकी थिइन ।

 

Leave a Reply