काम रोक्ने संग कड्किए कुलमान : एक दिन काम रोकिए थुनिदिन्छु ( भिडियो सहित )

नेपाललाई उज्यालो बनाउने अभियानमा लागेका नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले काममा अबरोध गरेको भन्दै रिसाएका छन्। सधै कुल अबस्थामा देखिने कुलमानलाइ ‘कुल म्यान’ पनि बन्ने गरिन्छ । सधै हासेर खुलेर बोल्ने कुलमान खासै रिसाउदैनन तर सबस्टेशनको निर्माण रोकिन पुगेको थाहा भएपछी उनि निकै रिसाए। निर्माणाधीन त्रिशूली ‘बी’ हब स्टेशनको निर्माणमा स्थानीयले नियतबस रोकेपछि उनि रिसाएका हुन्। एक दिन काम रोकिदा करोडौ को घाटा हुने भन्दै बिना कारण अबरोध गरे थुनिदिए सम्म भन्न भ्याए।

प्राधिकरणको प्रमुख आएको थाहा पाएपछि जम्मा भएका स्थानीय र कुलमानको टोलि बीच दोहोरो सम्बाद चलेको थियो। नुवाकोटको पैरबेसीमा बिहीबार त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न बिहीबार नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पुगेका थिए । त्यहा कुलमानको अलग रुप देखियो । सबस्टेशनको निर्माण कुनै पनि हालतमा रोकिने नहुने भन्दै घिसिङ चर्किए। त्रिशूली नदी किनारमा बनिरहेको थियो तर स्थानीयबासीको नाममा अवरोध भइरहेको जानकारी उनले पाए।

त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउँदा विरोध भएको थियो । आयोजनाले रसुवातर्फ पनि ५ सय मिटरको पर्खाल निर्माण गरिसकेको छ । खाल्डो खनिसकेपछि पनि स्थानीयको माग अनुसार १३ मिटर पछाडि सारेर सबस्टेशनतर्फको किनारमा पर्खाल निर्माण थालिएको थियो । तर, निर्माण अगावै सबस्टेशन राख्न सहमति जनाएका रसुवातर्फका स्थानीयको नाममा अवरोध भयो । स्थानीय शिवप्रसाद भट्टराई र जानुका थापा नेतृत्वको समूह पुगेर सबस्टेशन अझै माथि लगेर निर्माण गर्न भन्दै चर्को स्वर निकाले ।

घिसिङले सब-स्टेशन निर्माण गर्दा स्थानीयको जग्गा र घरको सुरक्षाका लागि पर्खाल लगाउने काम भएको बताउदै सबस्टेशन निर्माणको नरोक्न भने। स्थानीयको मागमा आफू गम्भीर रहेको तर काम रोक्न नदिन र माग बारेमा कुरा गर्न भन्दै कड्किए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *