नेपाललाई विश्वमा चिनाउने श्रेष्ठ दिदीबहिनीको तयारि , ४० घण्टा लगातार नाचेर विश्व रेकड बनाउने

काठमाडौंका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदी–बहिनी) ले लगातार ४० घन्टा नाचेर विश्व रेकर्ड राख्ने घोषणा गरेका छन्। काठमान्डौ चन्द्रागिरी वडा नम्बर ६ घर भएकी दिदीबहिनी ले गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि ४० घण्टा सम्म नाच्ने तयारि गरेका हुन्। आज पत्रकार सम्मेलन गर्दै उनीहरुले आउदो जेठ ११ र १२ गते काठमाडौंको ठूलो भ¥याङ स्वयम्भुस्थित् क्वालिटी क्याफे एण्ड ब्याङ्केटमा विश्व रेकर्डका लागि नृत्य गर्ने भएका हुन् ।

श्रेष्ठ दिदि बहिनीले आफु विश्व रेकर्ड कायम गर्न राम्रो तयारी गरिरहेको सुनाए । विश्व रेकर्ड कायम गरि आफुहरुले नेपालको नाम विश्वसामू चिनाउने लक्ष्य लिएको समेत बताए। त्यसै काममा आफुहरु अघि बढेको बताउदै छिट्टै विश्व किर्तिमान राख्ने बताए । उनीहरुका अनुसार अहिलेसम्म ३२ घण्टासम्म निरन्तर नृत्य गरिसकेकोले अब ४० घण्टा नृत्य गर्न कुनै अप्ठ्यारो छैन् । अमेरिकाका ब्रेट ग्रिसवल्र्ड र जेनिफर ग्रिसवल्र्डले ३८ घण्टा ३० मिनेट निरन्तर नाचेर विश्व रेकर्ड कायम गरेका छन्। श्रेष्ठ दिदि बहिनि यो रेकर्ड तोड्दै किर्तिमान कायम गर्ने घोषणा गरेका छन्।

सानै देखि नृत्यमा रमाउने गरेका रुबिसा स्नातक तहमा अध्ययन गर्दै छिन् भने एलिसाले भर्खर कक्षा १२ को परीक्षा भ्याएकी छिन्। श्रेष्ठ दिदि बहिनीक बाबुले विश्व कीर्तिमानका लागि आफ्नो छोरीहरुले तयार गरेको देख्दा खुसि लागेको बताए। यसको लागि आफ्नो पुरा साथ् रहने जनादे आफु दिनरात उपस्थित हुने समेत बताए। विश्व रेडर्क कायम गर्न का लागि श्रेष्ठ दिदिबहिनीहरुमा आफूले अदभुत क्षमता रहेको तारीफ समेत गरिएको थियो।

सानैदेखि आफ्नो छोरीहरुले नृत्य प्रतिभा देखाउदै आएको र विश्व कीर्तिमानी कायम गर्न सफल हुने उनका बाबुले बिस्वास व्यक्त गरे । यो इभेन्टलाई सफल तुल्याउनको लागि सबै नेपालीहरुलाई साथ र सहयोग गर्न उनले आग्रह पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *