तेरिया मगरले गरिन प्रेमजिबन देखि फिल्म खेल्ने सम्मको सबै खुलासा ( भिडियो सहित )

भारतकै चर्चित डान्स रियालिटी शोव ‘ डीआइडी लिटिल मास्टर्स सिजन ३ ’ मा विजेता बनेकी नेपाली चेली तेरिया मगरले आफ्नो मनको कुरा खोलेकी छिन। लामो समय देखि कुनै मिडियामा नदेखिएकि तेरियाले आखिर के गर्दै छिन भन्ने सबैलाई मनमा प्रश्न होला। नेपाल बाहिर पुगेर यति ठुलो प्रतियोगिता जित्ने नेपाली तेरिया पहिलो बनेकी थिइन। रुपन्देही रुद्रपुरकि तेरिया मगरको बसाइ नेपालमा भन्दा भारतमा हुने गरेकोले उनको बारेमा खबर कम आउने र मिडियामा समेत देखिन्नन्। यस पटक भने हिजो बुधबार तेरिया मगर काठमाण्डौको कुमारी हलमा चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा पुगेकी थिइन।

चलचित्र हेरेपछि प्रतिक्रिया दिदै तेरियाले आफूलाई चलचित्रले हसाउने रुवाउने दुवै गरेको बताइन। मिडियामा बोल्दै उनले आफुले चलचित्र खेल्ने नखेल्ने बारेमा समेत खुलासा गरेकी छिन। अहिले सम्म आफुले चलचित्र खेल्ने नखेल्ने बारेमा केहि निर्णय नगरेको बताउने उनले केहि समय नेपालमा आफुले फिल्म खेल्न लागेको खबर गलत भएको बताइन। आफुलाई चलचित्र खेल्ने बारेमा थाहा सम्म नहुदा तेरियाले फिल्म खेल्ने लागेको खबर सुन्दा आफु अचम्म भएको बताइन। आफुलाई फिल्म खेल्ने इच्छा रहेको समेत अन्तर्वार्ताका क्रममा बताइन तर अहिले सम्म यस बारेमा केहि नसोचेको बताइन।

नेपाली फिल्म खेल्ने देखी प्रेम जीवन बारे यसो भन्छिन् तेरिया, अनमोल र पल फेभरेट नायक –

हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *