उज्यालो छर्ने कुलमानको मुहारमा मुस्कान ! ९ वर्षे अन्योल चिर्दै सुरु गरे माथिल्लो त्रिशूली थ्री ‘ए’

कुलमान घिसिङ्ग प्राधिकरणमा आएपछि ९ वर्षको अन्योल चिर्दै माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ‘स्वीच अन ’ गरेर उक्त आयोजनाको विजुली औपचारिक रुपमा राष्ट्रिय ग्रिडमा जोडेका छन् । शुक्रबार ५ बजे देखि लगातार ७२ घण्टे परीक्षण उत्पादन आयोजनाले गर्नेछ उक्त परिक्षण सफल भएमा व्यवसायिक उत्पादन सुरु गरिनेछ।

सबैको मुहारमा मुस्कान दिएका कुलमान घिसिङ्ग यस आयोजना संचालनमा ल्याउदा उनको मुहारमा पनि मुस्कान छाएको थियो। विद्युत गृहबाट विद्युत् उत्पादन सुरु भए संगै रसुवा र नुवाकोटमा निर्माण भएको आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट उत्पादन सुरु भएको हो । ‘विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनाबाट समेत निरन्तरको प्रयासपछि विद्युत् उत्पादन सुरु गरिएको जानकारी घिसिङ्गले दिएका हुन् । दोस्रो युनिट ३० मेगावाटको असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको बिद्युतको परिमाण समेत घट्ने बताए । त्रिशूली ३ ए पूर्ण रुपमा संचालनमा आएपछि हिउँदको विद्युत् माग धान्न सहज हुने र भारतबाट आयात हुने ऊर्जा समेत कम हुने बताए। भूकम्प र पहिरोले बाँध स्थलको दायाँ-बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *