बिक्रम बरालको नया गीत सार्बजनिक, यी सुन्दरीको प्रेममा बिक्रम ( भिडियो सहित )

नेपाल आइडल सिजन २ का उपविजेता बिक्रम बरालको नया म्युजिक भिडियो सार्बजनिक भएको छ । निकै राम्रो गायन गायन गर्ने सुमधुर स्वरका धनी बिक्रम बराल स्वरको जादु नै अलग छ। भर्खर बिहे गरेका लोकप्रिय गायक बिक्रम बरालको गीत यस अघि समेत रिलिज भैसकेको छ र राम्रै माया समेत पाएका थिए। यो गीत उनको मा ‘ कस्तो दुरी ‘ को म्यूजिक भिडियो निर्माण गरिएको छ जसमा उनि संग प्रियंका खड्काले रोमान्स गरेका छन्। नारायण गौतमका शब्द रचनामा हरि लम्सालको संगीत रहेको छ ।

गायक बराल आफै मोडल बनेर अभिनय समेत गरेका छन्। उनि संग यस भिडियोमा मोडल प्रियंका खड्काले साथ् दिएका छन्। निकेश खड्काको निर्देशनमा बनेको यस भिडियोमा माया, प्रेम, मिलन र बिछोडमा हुने प्रेमाभावलाई जीवन्त शैलीमा प्रस्तुत गरिएकोछ। प्रियंका र बिक्रम दुवैको ससक्त अभिनय रहेको यस गीतको भिडियो लाइ बुद्ध थापाले खिचेर तयार पारेका छन्। यस भिडियोलाइ टुभेल्व नोट्सले आफ्नो युट्युबबाट सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *