भर्खर जन्मिएकी छोरीको मुख हेर्दै क्यान्सर पीडित पिंकी भन्छिन – ‘मलाई बचाइदिनुहोस्’

जीवनमरणको दोसाँधमा परेकाहरुलाइ सहयोग गर्ने नेपाली समुदायको कमि छैन नेपालमा। मृत्युको मुखमा पुगेका धेरैलाई बचाएको उदाहरण छ। रोगले ग्रसित भएका हरुलाई पैसा उठाएर बचाएको धेरै उदाहरण हामि माझ छ। यस्तै अपेक्षा एक क्यान्सर पिडित ३५ बर्षीय पिंकी कुमारी साह को पनि छ। मनकारी मानिसले सहयोग गरे आफु ब्लड क्यान्सरलाई जितेर फेरि नया जिबन सुरु गर्ने आसा उनले लिएकी छिन। धनुषास्थित जनकपुर उपमहानगरपालिका–१ कि पिंकी २ महिनादेखि काठमाडौंको सिभिल अस्पतालमा ब्लड क्यान्सरको उपचारत छिन् ।

लाखौ रुपया सकिसकेको पिंकी विभिन्न अस्पतालमा उपचार गर्दै सिभिल अस्पतालमा आएकी हुन्। उपचारमै उनको लागि हालसम्म करिब १५ लाख रुपैयाँ सकिएको उनको श्रीमान्ले बताएका छन्। अझै करिब २० लाख लाग्ने भएको छ तर दयनिय आर्थिक अवस्थाका उनीहरुले अब कसरि उपचार भन्ने तनाबमा छन्। अहिले सम्म जसोतसो ऋण गरेर भएपनि उपचार गर्दै आएका थिए अब त तेही ऋण पनि दिने मान्छे नभएको कारण उपचार कसरि गर्ने भन्ने समस्यामा रहेको उनीहरु बताउछन।

गत वैशाख ३१ गते शल्यक्रिया गरेर पिंकीले छोरी जन्माइन, एकातिर भर्खर जन्मेको छोरी अर्को तिर क्यान्सर बिरामी श्रीमती । भर्खरको नवजात शिशुको अनुहार हेर्दै पिंकी भन्छिन्, ‘मैले मेरो छोरीका लागि बाँच्नु छ, मलाई बचाएर सहयोग गरिदिनुहोस् ।’ अस्पतालको बेडबाटै पिंकी आफूलाई आर्थिक सहयोग गरि बचाइदिन सबैमा अपिल गर्छिन। काखमा रहेकी नवजात छोरीको अनुहार गर्दै रुदै पिंकीले सबैलाई सहयोग को अपिल गर्दै छिन।

महिनौंदेखि श्रीमतीको उपचारमा खटिएका श्रीमान रोशन पनि श्रीमती लाइ बचाउन सहयोग गर्न मनकारी नेपालीलाई आग्रह गरेका छन् । उनले सहयोगका लागि आफ्नो मोबाइल नम्बर ९८०८५३८१७२ दिएका छन् । एनआइसी एसिया बैंकको कलंकी काठमाडौं शाखामा रहेको बिरामी पिंकी कुमारी साहको खाता नम्बर १०५७०३३१४४३५२४०१ वा एनएमबी बैंक जनकपुर शाखामा रहेको रोशन कुमार साहको खाता नम्बर ०३०२४९००७२०५०२०००००१ मा रकम जम्मा गरिदिएर सहयोग गर्न पति रोशनले सबैमा आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *