दुबै मृर्गौला फेल भएकी कोपिलाको जिबन बचाईदिन अपिल ! छोरीहरुका लागि बाँच्न चाहन्छु

बाच्ने सबैको इच्छा हुन्छ तर थाहा हुँदैन कसको जिबन कति लामो हुन्छ । मानिसको जिबन र मृत्यु बीच रोगले जिबन नर्क बनाउछ। रोगको सिकार भएपछी मानिस कंगाल हुन् समेत समय लाग्दैन। सकिन्जेल उपचार गरेपनि पैसा सकिएपछि उपचार बिना पिडा सहनु र मृत्यु कुर्नुको बिकल्प हुदैन । त्यसैले रोगको सिकार भए गरिबले त जिउने आशा गर्न पनि गाह्रो हुन्छ । नेपालका अधिकांस गरिब जनताको लागि समस्या भनेको बिहान बेलुकाको छाक टार्न गारो छ भने जिबनमा भैपरी आउने समस्या का तयारी हुदैन। पिडामाथि पिडा नै थपिएको यस्तै एक पिडित हुन् वीर बाहादुर धामी ।

बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर २ का वीर बाहादुर धामी सानै हुदा उनकी आमा र बाबाको दमको रोगका कारण मृत्यु भयो। आमाबाबुको मृत्युपछि मामा घरमा बसेर हुर्किएका वीर बहादुर आर्थिक अवस्था कमजोर भएकै कारण राम्ररी पढ्न पाएनन। उनले १८ बर्षको उमेरमा कोपिला धामी संग बिहे गरे । उनीहरुको अहिले २ छोरीहरु छन्। २ वर्षकी र ४ वर्षकी छोरीकि आमा कोपिला धामी माथि बज्रपात परेको छ । उनको दुबै मृर्गौलाले काम नगर्ने बिमारी भएपछी श्रीमान वीर बहादुर लाइ ठुलो समस्या परेको छ।

सुरु सुरुमा बान्ता आउने गरेको कोपिलालाई मृर्गौला खराब भन्ने सोच अहिले आएन तर पछि दिनहु बान्ता आउने गारो हुन् थालेपछि जिल्लाका नजिकैको स्वास्थ्य चौकीमा गइन् । तर त्यहाँ पनि कुनै किसिमको रोग भएको पत्ता लागेन । त्यसपछि उनलाई बिर बहादुरले धनगडी , र कोहलपुर् अस्पताल पुर्याए। २०७५ सालको असारदेखि अशोजसम्म कोपीलालाई त्यही राखेपछि कोहलपुरको अस्पतालमा एउटा किड्नी अलि अलि सुनेको र गर्भमा रहेको बच्चा प्यारालाइसीस् भएको डाक्टरले बताएको वीरबहादुरले सुनाए । आमालाई बचाउनुपर्छ भन्दै उनीहरुले ८ महिने बच्चाको क्युेरट गरियो । कोपीला कोहलपुरबाट डिसचार्ज भइन् र महिनामा एक पटक डक्टरको मा जाँच गर्न गर्न आउने भन्दै औसधि सहित घर गइन। तर समस्या अझै कम भएन।

त्यसपछि कोपिलाको दाई र वीर बहादुर मिलेर घरमा भएको केही सामानहरु बेचेर कोपिलालाई काठमाडौँ बताए । काठमाडौँको टिचिङ अस्पताल मा भएको जाच पछि कोपिलाको दुई वटा किड्नीले काम नगरेको पत्ता लाग्यो । त्यसपछि अहिले डायलसिस्को लागि सामाखुसीको बुलन्द सिद्दी अस्पताल ट्रमा सेन्टरमा लागिरहेका छन् । उपचारका लागि काेपिलालाई धेरै पैसा चाहिन्छ । तर उनीहरुसंग पैसा छैन छैन त्यसैले उनीहरुले सहयोगको अपेक्षा गरेका छन् ।

कोपिला आफ्नो भन्दा पनि छोरीहरु र घरको चिन्ता गर्छिन् । उनी आफ्नो झुपडि घरमा चुहेको छ होला भन्दै छोरीहरुले पनि फोन गरेर छिट्टै आउनु भन्दै बोलाएकी बताइन् । माइती पनि सहयोग गर्न सक्ने क्षमताको छैन । छोरीहरुले राम्रो संग खान दिन समेत नसकेको गुनासो गर्दै आफूलाइ पनि उस्तै समस्या रहेको सुनाइन्। उनी गहभरि आँसु पार्दै आफूलाई बचाइदिन आग्रह गर्छिन् । कोपिला र वीर बहादुर सुकेधारास्थित एक सानो जस्ताको छानो रहेको कोठामा बस्छन् । उनीहरुको भुइमा ग्यास चुलो र एउटा खुट्टे पलङ छ । उनीहरुको अवस्थाले काेपिलाकाे कसरी उपचार गर्ने भन्ने चिन्तामा छन् । सहयोगी मनहरुले सहयाग गरेमा उपचार सम्भव छ ।

काेपिलाकाे सहयाेगका लागि कोपिलाका श्रीमान वीरबाहादुरको मोबाइल नम्बर ९८६८५८४६७९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *