अचम्म नमान्नुस , मात्र २५ रुपैयाँमा खुवाइदै पेटभर टन्न खाना

तपाइलाइ बिस्वास नलाग्ला मात्र २५ रुपैयाँमा खाना खुवाइञ्छ भनेर भन्दा तर यो कुरा सतप्रतिसत सत्य हो। मात्र २५ रुपयामा भैरहवाका एक व्यवसायीले पेटभरी खाना खुवाउन थालेका छन्। ‘अन्नपूर्ण भोजनालय’ मार्फत ति व्यापारीले आफ्नो स्वर्गीय आमाको सम्झनामा सस्तो खाना खुवाएका हुन्। भैरहवाका व्यवसायी रविकुमार रौनियाले गाडीमा घुम्ती सेवा मार्फत समेत खाना खुवाउने गरेका छन् । मंगलबारबाट खाना खुवाउने काम थालिएको हो ।

२५ रुपैयाँ मात्र लिएर निम्न आय भएका बर्गलाई लक्षित गर्दै शाकाहारी खाना खुवाउने उदेश्य व्यवसायी रौनियारले राखेका हुन्। निम्न वर्गका लाइ लक्षित गरिएपनि २५ रुपैयाँमा सबै वर्गलाई खुवाउने उनले बताए।  ‘पहिलो चरणमा १५–१५ दिनको फरकमा खाना खुवाउने लक्ष राखेपनि पछि विस्तारै प्रत्येक दिन खाना खुवाउने योजना उनीहरुले बनाएका छन्।

खानामा दाल, भात, तरकारी वा रोटी, तरकारी वा कहिले खीर, तरकारी त कहिले परौठा पालैपालो खुवाउने रौनियारको फाउण्डेशनले जनाएको छ। दिनमा ५ सय जनालाई सेवा उपलब्ध हुने उनले बताएका छन् । घुम्ती सेवा मार्फत सेवा अहिले सेवा दिदै आएपनि छिट्टै भैरहवाको सबै वडा र जिल्लामा सेवा विस्तार गर्ने फाउन्डेसनको लक्ष छ। ८ वर्ष अघि निधन भएकी आमाको सम्झानामा रौनियारले फाउण्डेसन खडा गरी २५ लाख रुपैयाँ बैंकमा जम्मा गरेका थिए।

सोहि रकम बाट २५ रुपयामा खाना खुवाउने अभियान सुरु गरिएको हो। आफुले पकाउने हरेक छाक खानाको ५० रुपया पर्ने तर ग्राहक संग मात्र २५ रुपया लिने बताएको छ। खाना पकाउन र खुवाउनका लागि २० जनाको टोलि खटाइएको छ। निधन अघि आमाले गरिब दुःखीका लागि केही राम्रो काम गर्नू भनेकाले आमाको सोही बचन पुरा गर्दै रौनियारले यस्तो अभियान सुरु गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *