फेसबुकको केटि साथीको फन्दामा पर्दा २५ लाख झ्वाम, भयो बिचल्ली

फेसबुक सहि प्रयोग गर्नेका लागि बरदान नै हो तर हचुवाको भरमा जस कसैको बिस्वासमा पर्ने हरुका लागि भने यो घातक हुन् सक्छ। फेसबुक ले कतिको जिबन बनाइदिएको छ भने कतिको जिबन बिग्रेको समेत छ। तेसैले बिचार पुर्याउनु अति आबस्यक हुन्छा। फेसबुक आफैमा ठुलो संसार हो यसमा हर किसिमका मानिसहरु भेटिन्छन। कसको पछि लाग्ने नलाग्ने कसको कुरा सुन्ने साबधान रहनु पर्छ। फेसबुक मार्फत लाखौ करोडौ ठगिको धेरै घटना भएको छ र क्रम चलिरहेको छ।

दुबई स्थित एक होटलमा काम गर्दै आएका गोरखाका श्यामबहादुर आले (नाम परिवर्तन) लाई फेसबुकमा युवतीको तस्वीर भएको ‘रोज लण्डन’ नामबाट फ्रेण्ड रिक्वेस्ट आयो । छिन भरमै उनीहरु साथी बने, कुराकानी सुरु भयो। राम्रो साथि बनेपछि एक दिन रोजले श्यामको लागि उपहार पठाउन लागेको म्यासेज पठाइन । नेपाल फर्किन लागेका श्यामले नेपालकै ठेगाना दिए । त्यसको ३ दिनपछि सामान पथाइदिएको भारतको रोकिएको भन्दै भारतकै दिए। रोजले पठाएको सामान भन्सारमा रोकिएकाले भन्दै भन्सार तिर्न भारु ३० हजार पठाईदिन भन्दै फोन आयो। सजिलै पत्याएका श्यामले पनि नसोची एकै छिनमा पैसा पठाइदिए ।

अर्को दिन पुनः सोही नम्बरबाट रोजले ३० हजार पाउण्ड पठाएकाले भारुमा सटही गर्नुपर्ने भन्दै भारु १ लाख ५० हजार पठाउन भन्यो । नेपालबाट पैसा पठाउन नमिल्ने भएपछि उनले दुबईमा रहेका आफ्नो साथीलाई ऋण हालिदिन भन्दै उतैबाट पैसा पठाइदिन भने । उनलाई भारतीय रिर्जभ बैंकमा पैसा पुगेको भन्दै रिर्जभ बैकका तस्वीरहरु आए । यता श्याम ३० हजार पाउण्डलाई नेपाली मुल्यमा हिसाबकिताब गर्दै थिए । त्यसको केही दिनमा पुनः पैसा अपुग भएको भन्दै २ लाख ५० हजार भारु पठाइदिनु पर्ने म्यासेज आयो ।

उनलाई पैसा पठाउन बारम्बार फोन म्यासेज आइरह्यो । पुनः २ लाख ५० हजार भारु दुबईमा रहेको साथीलाई हालिदिन लगाए । अझै पनि उनको उपहार नेपाल आएन । बरु फेरी रिर्जभ बैंकले बैंकमा ग्यारेण्टी राख्नु पर्ने भन्दै भारु ३ लाख ५० हजार, अर्को पटक भारु ६ लाख ५० हजार पठाउन म्यासेज आइरह्यो र श्यामले पैसा नेपाली करिब २५ लाख पैसा पठाए । ६ बर्ष दुवई बसेर कमाएको पैसा मात्रै होइन आफन्तसँग करिब २० लाख ऋण गरेर पठाएका थिए । विभन्न बहाना बनाउदै थप १० लाख भारु पठाइदिनु पर्ने भन्दै फोन म्यासेज नै आइरह्यो ।

साथी रोजसँग कुरा गर्दा मैले पठाएको उपहार जुनकुनै हालत लिनै पर्छ भन्ने म्यासेज आउँथ्यो । श्यामले रोजकै विश्वासमा १० लाख रुपैयाँ पैसा पठाउन ऋण खोज्दै थिए । २ महिना अघि ऋण लिएका आफन्त साथीभाईले फिर्ता माग्न थालिसकेका थिए । पछि बल्ल श्यामलाई बल्ल ठगिएको जस्तो लाग्यो , श्रीमतीले भनेको ठगिको समाचार बारेमा याद भयो । फेसबुकमा साथी बनेर रोजले करिब २५ लाख ठगि सकेकी थिइन । अहिले उनलाई उपहार र पैसाको लागि आएको सबै फोन नम्बर बन्द छन् । त्यति मात्र हैन सरप्राइज उपहार पठाउने उनकी साथी रोज समेत फेसबुकमा भेटिन्न। श्रीमती भन्दापनि बढी फेसबुककी साथीको बिस्वास गर्ने उनि ठगिसकेको थियो ।

दुबई र मेलेसियामा १० बर्ष कमाएर नेपाल फर्किएका उनी अहिले काठमाडौंमा कोठा भाडा तिर्न नसक्ने अवस्थामा छन् । परिवारसँगै बसेर केही गर्ने सोचेर नेपाल आएका श्याम २५ लाख ऋणको भारी बोकेर फेरी विदेश जाने बाहेक विकल्प भेटेका छैनन् । यसै गरि सामाजिक संजाल फेसबुक, भाइबर, इमो, ह्वाट्सएपमा साथी बनाएर विभिन्न बहाना बनाएर , चिठ्ठा परेको बताउदै , उपहार पठाएको भन्दै यसरी नै लाखौ करोडाैं रुपया विदेशी ठगले ठग्ने गरेका छन। बेलै मा सचेत हुनु जरुरि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *