डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै लाखौं ठगि, सजग रहन आग्रह ……

आफुलाई अस्ट्रेलियन पिआर होल्डर रहेको भन्दै ठगि गर्ने २ जना लाइ प्रहरिले पक्राउ गरेको छ। पिडितहरुलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै लाखौं रुपया ठगेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। नयाँ बानेश्वरकी रेजिना अधिकारी र सिन्धुलीका गणेश भनिने अरविन स्याङ्वो ले पिडित हरु संग लाखौ रुपया लिएर पिडित हरुलाई डिपेन्डेन्ट भिसामा लैजाने भन्दै ठगेका थिए।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले बताए । रेजिना अधिकारीले माकलवारीका अमित श्रेष्ठसँग कोर्ट म्यारिज गरेर अष्ट्रेलिया लैजाने लोभ देखाएर ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भए पछि प्रहरीमा उजुरी परेको थियो । यस घटनामा अधिकारीलाई कन्सल्टेन्सी सञ्चालक रहेका स्याङ्वोले प्रयोग गरेको खुलेको अनुसन्धानले देखाएको हो। यस घटना अघि समेत उनीहरुले चाँगुनारायणका सागर धमलालाइ १३ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुलेको हो।

पक्राउ परेका दुवै जनाविरुद्ध ठगी मद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता एसपी केदार ढकाल बताउँछन् । यस्तै प्रकृतिको घटना दोहोर्याएर ठगि गर्ने सम्भावना भएकोले सबैलाई सजग हुन प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *