दुखद खबर ! इटहरीमा ३ तला माथिबाट खसेर किशोरी पुजाको मृत्यु

एक किशोरीको तीन तला माथिबाट खसेर मृत्यु भएको छ। सुनसरीमा भएको यस घटनामा किशोरीको ज्यान गएको हो। सुनसरीको इटहरी उपमहानगरपालिका–६ संगित चोकमा घरको ३ तला माथिबाट खसेर पूजा शर्माको आइतबार मृत्यु भएको हो । आइतबार ९ बजे ३ तला माथिबाट खसेर यी किशोरी घाइते भएकी थिइन्। जसको उपचार कै क्रममा निधन भएको हो।

मृत्यु हुने किशोरी कुवेर शर्माको घरमा भाडामा बस्ने बाबुलाल शर्माकी १७ वर्षीय छोरी रहेको बताइएको छ। उपचारको लागि तत्काल धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। तर गम्भीर घाइते शर्माको राति साढे १० बजे उपचारकै क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पूजाको मृत्युको विषयमा अहिलेसम्म केही खुलेको छैन। मृतक पूजा इटहरीस्थित कस्तुरी कलेजमा अध्यनरत् थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *