हार्न लागेको दौड प्रतियोगितामा खेलाडीले गरे यस्तो ट्रिक, जिते खेल ( हेर्नुस भिडियो )

मानिसको दिमागमा अनेक आइडियाहरु फुर्छ। आफुलाई चाहिने बेला मानिसले अनेक आइडिया लगाएर जित्ने गरेको धेरै उदाहरण देखेका छौ। हालै पनि यस्तै एक आइडिया लगाएर टेक्सास राज्यमा सम्पन्न अभेको दौड प्रतियोगिता एक खेलाडीले जितेका छन्। टेक्सास राज्यमा गत आइतबार आयोजना गरिएको ४ सय मिटर हर्डल दौड प्रतियोगिता मा उनले हार्ने स्थिति आएपछि डाइभ हानेर जितेका छन्।

दौडको अन्तिममा प्रतिस्पर्धीले जित्ने जस्तो परिस्थिति देखेपछि उक्त खेलाडीले हार्न लागे लागेको खेललाइ उफ्रिएर डाइभ हाने जसका कारण उनले दौड प्रतियोगिता जितेका छन्। निकै अचम्मित पार्ने गरि जितेको यो दौडको भिडियो सार्वजनिक भएसँगै ती खेलाडीको निकै चर्चा भाको छ। कतिले त उनलाई सुपरम्यान सम्मको संज्ञा सम्म दिएका छन्। इन्फिनेट टकर नाम गरेका ती व्यक्ति अर्का प्रतिस्पर्धी रोवर्ट ग्रान्टसँग दौडमा रहेका बेला अन्तिम घडीमा फिनिसिङ लाइनमा पुग्ने बेला बराबरीमा दौडिरहेका बेला डाइभ हानेका थिए।

फिनिसिङ लाइन नजिकै पुगेर उनले नाटकीय रुपमा डाइभ हानेर दौड प्रतियोगितामा प्रथम भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *