क्रिकेटर सन्दिप लामिछानेले आईपीएलबाट फर्किए लगत्तै किने महँगो बाइक

नेपालका स्टार क्रिकेट खेलाडी सन्दिप लामिछानेले महँगो मुल्यको बाइक किनेका छन्। हालै इन्डियन प्रिमियर लिग ( आईपीएल ) खेलेर स्वदेश फर्किए लगत्तै अन्तरास्ट्रिय चर्चित ब्राण्ड बीएमडब्लूको बाइक किनेका हुन्। झन्डै नेपाली रुपया १० लाख पर्ने बीएमडब्लूको बाइक युवा क्रिकेट स्टार सन्दीप लामिछानेले किनेका हुन्। बाइक संगको फोटो फेसबुक मा पोस्ट गर्दै उनले परिवारमा एक सदस्य थपिएको भन्दै स्टेटस लेखेका छन्।

गत वर्ष मात्र टाटा मोटर्सको तर्फबाट टाटा टिगोर कार उपहार पाएका उनले अहिले बीएमडब्लू कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको बाइक किनेका छन्। नेपालका युबा क्रिकेट खेलाडी सन्दिप अन्तरास्ट्रिय खेलमा समेत निकै चर्चा पाएका खेलाडी हुन्। नेपालका तर्फा बाट आइपिएल खेलने पहिलो खेलाडी सन्दिप लाइ पहिलो पटक २० लाख भारतीय रुपयामा किनेको थियो। मात्र १८ बर्षका सन्दिपले आफ्नो खेल मार्फत नेपालको नाम राख्दै आघि बढी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *