ध्यान दिनुस, खालिपेटमा यस्ता खानेकुरा नखानुहोस् , नत्र हुनसक्छ समस्या

खानेकुरा मानब मात्र नभई हरेक जीव का लागि बाच्ने आधार हो तर यदि यहि खानेकुरा पनि समय अनुसार खान नजान्ने हो भने बिरामी हुने डर हुन्छ। हामीले खानु अघि विचार गर्ने काम थोरै मात्र गर्छौ। कहिलेकाही खालि पेटमा खाएको खानेकुराले तपाईलाई अलि अप्ठेरो समेत पार्ने गरेको छ । खालि पेटमा खाने कुरा खानु अघि के खादा बेस हुन्छ भन्ने ज्ञान भए राम्रो हुन्छ। बिहान सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । खालि पेट मा के कस्ता खानेकुरा खादा कस्तो असर हुन्छ, हेर्नुस

दूधः- यसमा पाइने स्याचुरेटेड फ्याट, प्रोटिनले पेटको मांसपेशीलाई कमजोर बनाउने गर्दछ । यसले खपच हुने र खकारको समस्या निम्त्याउने गर्दछ ।

केराः -केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिटी हुनसक्छ ।

खरबुजाः – यसमा आइरन, पोटासियम हुन्छ । आइरन र पोटासिम खाली पेटमा खाँदा एसिडिटी हुनसक्छ ।

चियाः- चियामा एसिडको मात्रा धेरै हुन्छ । यो खाली पेटमा खाँदा पेट पोल्ने र दुख्ने गर्दछ ।

गुलियो खानेकुराः- मिठाई वा हलुवाजस्ता खानेकुरा खाली पेटमा खाँदा रगतमा चीनिको मात्रा बढ्छ । यसले आँखाको समस्या निम्त्याउने गर्दछ ।

दहीः- यसमा पाइने प्रोबायोटिक ब्याक्टेरिया खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । खाली पेटमा दही सेवन गर्दा पेट पोल्ने समस्या हुने गर्दछ ।

शखरखण्डः- यसमा टोनिक र प्याक्टिन हुन्छ जुन आली पेट हुँदा पच्दैन । यसले छाती पोल्ने समस्या निम्तिन सक्छ ।

आँपः- यसले शरिरमा गर्मी पैदा गराउँछ । यसलाई खाली पेटमा खाँदा एसिडको स्तरमा वृद्धि हुन्छ र एसिडिटी बढाउछ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *