नेपाल आइडलका बिक्रम बरालले गरे बिहे ! को हुन् जिबनसंगिनी ? ( भिडियो सहित )

नेपाल आइडल सिजन २ का फस्ट रनर अप बिक्रम बराल बैबाहिक सम्बन्धमा बाधिएका छन्। पोखरा का बिक्रम बरालले आज आइतबार पोखरामा आफ्नो ४ बर्ष लामो प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेका हुन्। बिक्रमको प्रेममा रहेकी अनु लाइ नै विक्रमले बिबाह गरेका हुन्। सधै विक्रमका लागि नै लागि परेकी अनु को त्याग लाइ विक्रमले पनि कहिले भुलेनन् र दुवै बिबाह बन्धनमा बाधिए।

नेपाल आइडल को दौरान प्रेमिका अनुले विक्रमका लागि रात दिन नभनी लागि रहिन। मिडियामा समेत खुलेआम रहेको उनीहरुको प्रेम अहिले बिबाहमा परिणत हुदा दुवै निकै खुसि देखिए। बिक्रमकि अनु पेशाले शिक्षिका हुन्। निकै माया गर्ने जोडीका रुपमा परिचित बिक्रम र अनुको जोडीलाई यस अघि देखिने सबैले मन पराएका थिए।

बिक्रम बराल ले नेपाल आइडलको कार्यक्रमका लागि वर्ल्ड टुर गरिरहेका छन् भने यता घर जम पनि गरिरहेका छन्। बिक्रम बराल को बिबाहको खुसीमा साथ् दिन नेपाल आइडलका सबै साथि प्रतिस्पर्धी हरु सहभागी बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *