बधाई ! राजीव जैन बने ‘ को बन्छ करोडपति’ को पहिलो करोडपति

नेपालको रियालिटी शो को इतिहास मा सबै भन्दा ठुलो कार्यक्रममा पर्ने ‘ को बन्छ करोडपति ‘ पहिलो पटक करोड जित्ने प्रतिस्पर्धी पाएको छ। अहिले सम्म करोडको आसपास समेत नपुगेको यस कार्यक्रममा राजिब जैनले एक करोड जितेर देखाएका छन्। करोडपति शोको यस सिजनमा करोड जित्ने उनि पहिलो प्रतिस्पर्धी हुन्। सुरु देखि नै निकै अब्बल तरिका ले खेल्दै आएका उनमा कन्फ़िडेन्स पनि उत्तिकै रहेको थियो। हरेक प्रश्न लाइ सटिक तरिकाले उत्तर दिदै आएका उनले करोड जितेका हुन्।

२००७ साल पछिको प्रजातन्त्रको चुनाब को सम्बन्धमा सोधिएको प्रश्न मा उनले सहि उत्तर दिदै एक करोड राशी जितेका हुन्। एमबिए गरेका निकै मेधावी जैनले दिने हरेक उत्तरमा लजिक हुने गरेको थियो। अधिकांस उत्तर उनले बिस्तृत विवरण सहित दिएका थिए। राजेश हमाल द्वारा सन्चालन गरिएको यस कार्यक्रमको अघिल्लो भाग हिजो उनले खेलेका थिए। समय को अभाबका कारण आज निरन्तर दिदै भएको कार्यक्रममा उनले १ करोड जितेर पहिलो करोडको बिजेता बनेका छन्। अब अर्को हप्ता रबि लामिछानेले आफ्नो बौद्धिक क्षमता प्रयोग गर्दै खेलेको कार्यक्रम पनि प्रशारण हुने क्रममा रहेको छ।

One Comment on “बधाई ! राजीव जैन बने ‘ को बन्छ करोडपति’ को पहिलो करोडपति”

Leave a Reply

Your email address will not be published. Required fields are marked *