पल शाहले गरे भिम बिकको घर बनाउन दिए सहयोग, गरे यस्तो आग्रह ( हेर्नुस भिडियो )

नेपाली चलचित्र क्षेत्रका नायक पल शाहले व्यक्तिगत रुपमा भिम बहादुर बिकको घर निर्माण गर्न २५ हजार रुपया सहयोग पुगोस भनेर सहयोग गरेका छन्। पल शाहले सहयोग गरेपछि अरु हरुलाई पनि सहयोग गर्न आग्रह गरे। सहयोग गर्नु नै मानब धर्म हुने बताउदै सहयोग गर्दै सबैलाई अपिल गरेका हुन्। थोरै पैसा कमाएपनि धेरै सहयोग गर्न नसकेपनि जति सहयोग गर्न सकिन्छा तेती गर्ने भन्दै सहयोग गरेका हुन्। अहिले भिम बहादुर बिकको घर निर्माण अभियान अन्तर्गत घर निर्माण भैरहेको छ। बिकासा टिभीले निर्माण गरेको यस भिडियोमा पल शाह संगै बिकासा टिभी का संचालक ले पनि भिडियो बाट कमाएको १० हजार रुपया सहयोग गरेका छन।

भिम बहादुरको घर बनाउने अभियानका लागि पल शाहले रन्जितालाइ हस्तान्तरण गरेका हुन्। सहयोग राशि सानो ठुलो भन्दा पनि सक्दो सहयोग गर्ने भन्दै उनले सहयोग गरेका हुन्। हस्तान्तरण गर्ने क्रममा भिम बहादुर उपस्थित हुन सकेनन , उनि बिरामी भएका कारण अभियानका प्रतिनिधिले सहयोग बुझेका थिए। अहिले भिम बहादुरको घर निर्माण हुदै इट्टा लगाउने काम चलिरहेको जानकारी दिए। पानि पर्दा घर भित्र छिर्ने र बस्ने अबस्था नभएको भन्दै घर निर्माण अभियान चलेको र सहयोग गरेको हो र सबैलाई सहयोग गर्नुस भन्दै पल ले अनुरोध गरे।

यस अघि पनि भिम बहादुर बिकलाई धेरै युट्युब च्यानल हरुले सहयोग गरिसकेका छन्। जहिलेपनि हासी रहने रमाई रहने भिम बिकको दुख देखेर धेरैले उनलाई सहयोग गरेका छन्। अहिले भने उनको घर को दयनीय अबस्था देखेर सहयोग रकम जुटाउदै अभियान संचालन गरि घर बनाउने काम चलेको हो। हेर्नुस भिडियो मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *