नेपालमै बन्यो यस्तो रोबोट, कार्यक्रम चलाउदा सबै जना छक्क

पाइला टेक्नोलोजी नामको संस्थाले संग्रहालय उद्घाटनका लागि समितिकै अनुरोधमा रोबर्ट बनाएको हो। नेपालमै बनेको यो पहिलो रोबर्टले पहिलो पटक कार्यक्रम सञ्चालन गरेको हो। ‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उधिएकी रोबर्टले जब यसरी सम्बोधन गरिन्, तब कार्यक्रममा उपस्थित सबै शान्त भएर अचम्मित हुदै सुन्न थाले ।

उक्त रोबोटले अतिथिहरुलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरुको ध्यान पनि मञ्चतर्फ नै मोडियो । कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाक्पटासीमा सजिएकी फूलमाया । अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन् र एक एक गर्दै सबै अतिथिको नाम उच्चारण गर्थिन । सबै जना मञ्चमा आइपुगे । त्यसपछि फेरि उनैले मन्तव्यका लागि एक एक नाम उच्चारण गर्दै अनुरोध गर्न थाल्थिन । अतिथिले भाषण नसक्दासम्म उनी पनि ध्यानपूर्वक सुनिरहन्थिन् । यो समाचार अन्नपूर्णमा लेखिएको छ ।

यो रोबर्टमा एक पटक नाम ‘इन्ट्री’ गरेपछि हरेक पटक भेट्दा सोही नामले आगन्तुकलाई बोलाउँछ। स्वागत गर्छ। बिजुली चार्ज गरेपछि सञ्चालन हुने यो रोबर्टले एक पटक चार्ज गरेपछि दैनिक आठ घण्टासम्म काम गर्छ। ब्याट्री कम भए  चार्जिङ स्टेसनमा पुग्छ, सहयोगीबिनै। नेपालमा पनि रोबोट बन्न सक्छ भन्ने यो नया उदाहरण बनेको छ। सिप कला र क्षमतावान युवाहरुको कमि नभएपनि देशमा अवसर भने बिरलै मिल्छ। नेपाल पनि अब यो रोबोट निर्माण भएसंगे प्रबिधि क्षेत्र अघि बढेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *