सालको पात टपरीपछि मरिस्काको अभिनयमा बिष्णु माझिको मन अत्याउने गीत ( भिडियो )

पछिल्लो समय नेपालमा लोक दोहोरि गीत निकै चर्चित बन्दै गैरहेको छ। हरेक जसो चलचित्रमा एउटा लोक संगीतमा आधारित गीत पनि राख्ने चलन चल्न थालेको छ। नेपाली सांगीत् बजारमा लोक दोहोरीको चर्चा बढे संगै हर दिन नयाँ नयाँ उत्कृष्ट गीतहरु बजारमा आउने क्रम चलिरहेको छ। लोक दोहोरि गीत हरु पनि मजाले चल्न थालेका छन्। केहि समय पहिले ‘ सालको पात टपरी ‘ ले नेपालको दोहोरि जगतको सबै रेकर्ड तोड्दै आफुलाई अब्बल साबित गरेको थियो। अहिले सम्म पनि यो गीत बजारमा गुञ्जिरहेको छ। यसतै गरि यहि शुक्रवार पनि अर्को उत्कृष्ट लोक गीत बजारमा सार्बजनिक भएको छ।

चर्चित गायीका बिष्णु माझी र बिक्रम मल्लको समधुर स्वरमा आबद्ध गीतलाई पछिल्लो समयका चर्चित सर्जक प्रदिप अधिकारी लेखेका छन् भने धुर्व राज धिताल संगीत गरेका छन्। सालको पातको टपरी गीत बाट एकाएक चर्चामा आएकी नायिका मरिस्का पोख्रेललाइ यस गीतको म्युजिक भिडियोमा बिनोद न्यौपानेले साथ् दिएका छन।

मरिस्का पोख्रेल मोडल मात्र नभएर चलचित्रकी नायिका पनि हुन्। पछिल्लो समय उनि अभिनित चलचित्र खासै नदेखीए पनि अहिले भने उनि म्युजिक भिडियोमा व्यस्त छिन्। सालको पात टपरी गीतमा उनलाई अप्रत्यासित रुपमा सफलता मिलेको उनि आफैले स्वीकार्दै आएकी छिन्। यस गीतमा समेत उनको अभिनय रहेको छ। यस गीतको म्युजिक भिडियोलाइ दिपेन्द्र तिमिल्सिनाले निर्देशन गरेका छन् भने छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *