को होला बिजेता, ‘ को बन्छ करोडपति ‘ मा कसले जित्यो करोड ( भिडियो )

पछिल्लो समय नेपालमा निकै चर्चामा रहेको रियालिटी शो ‘ बन्छ करोडपति ‘ हरेक चोक, गल्ली र शहर गाउमा हेरिने यो कार्यक्रम बिदेशी कार्यक्रम KBC को नेपाली भर्सन हो। अन्तरास्ट्रिय रियालिटि शो “who wants to be millionaire” हुदै भारतमा ‘ कौन बनेगा करोडपति ‘ हुदै नेपाली भर्सनमा आइपुग्दा “को बन्छ करोडपति” बनेर प्रसारण हुदै आएको हो। जसको संचालन महानायक राजेश हमालले गर्ने गरेका छन्। निकै चर्चामा रहेको यो कार्यक्रमले धेरैलाई लखपति बनाइसकेको छ। अन्तिम ठुलो पुरस्कार धनराशि १ करोड सम्म रहेको यो कार्यक्रममा अहिले सम्म १ करोड जित्ने प्रतिस्पर्धी भने देखिएका छैनन्।

एपी १ टिभीबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण हुदै आएको कार्यक्रमलाइ पुर्व मेचीदेखि पस्चिम महाकालीसम्म सबैले मन पराउने गरेको छ। नेपालकै इतिहास मा अत्याधिक राशि भएको कार्यकम यहि हो। अहिले सम्म करोड सम्म पुग्ने कुनै प्रतिस्पर्धी देखिएका थिएनन् तर अब भने करोडपति कार्यक्रम ले पहिलो करोडपतिको बिजेता पाएको छ। यस कार्यक्रममा पहिलो पटक कुनै प्रतिस्पर्धीले एक करोड जितेका छन्। एपी १ ले सार्बजनिक गरेको प्रोमोमा करोडपति बनेको देखाइएको छ तर प्रतिस्पर्धी को हुन् भन्ने देखाइको छैन।

अघिल्लो हप्ता काय्रक्रम मा रबि लामिछाने पनि यस कार्यक्रममा सहभागी बन्न पुगेका थिए। कर्णालीको रास्कोट मा निर्माण हुदै गरेको अस्पतालको सहयोगार्थ करोडपति कार्यक्रममा रबि लामिछानेले सहभागी बनेका थिए। सायद आजको करोडपति कार्यक्रमको बिजेता उनी रबि लामिछानेको पो हुन् कि भन्ने अड्कल पनि काटिएको छ। तर यी बिजेता को हुन् भन्ने अहिले सम्म थाहा हुन सकेको भने छैन कर्यक्रम हेरे पछि मात्र थाहा होला। यो कार्यक्रम टिभीका अलावा युत्युब मा पनि अत्याधिक हेरिने गरेको छ। हेर्नुस करोड रुपया जितेको प्रोमो यस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *