मनोज सिवाकोटी र शशि रावलको नया गीत ‘ तिम्रो यादले ‘ सार्बजनिक

युएइको अबुधाबीमा छायांकन भएको म्युजिक भिडियो ‘ तिम्रो यादले ‘ सार्बजनिक भएको छ। मनोज राज सिवाकोटी र सशी रावलको स्वर रहेको यस गीतमा देव थापा,अर्मन, रश्मि सिलवाल,गोपाल छेत्री, सोनु राना मगरको अभिनय रहेको छ। डान्सिङ्ग मुडमा तयार यस गीतलाइ हाइलाइट नेपालको अफिसियल युट्युब च्यानलले सार्बजनिक गरको छ। परदेशमा बसेर कलाकारिता गर्दै आएको समुह ले यो भिडियो तयार पारेको हो।

एबी प्रोडक्सनले प्रस्तुत गरेको यस गीतलाई उत्तम भण्डारीले सब्द तथा संगीत भरेका छन् भने संगीत संयोजनको काम रिकिश गुरुङले गरेका छन् । भिडियोको निर्देशन केशब कटुवालले गरेका छन् भने यस भिडियोको कोरियोग्राफर सोनु राना मगर रहेको छ। देव थापा मगरको निर्माणमा तयार यस गीतको एडितिंगको जिम्मा मिराज अर्यालले सम्हालेका छन्। दर्शक बाट राम्रो प्रतिक्रिया पारिरहेको यस गीतको भिडियोले दर्शकको धेरै माया पाउने मा निर्माण पक्ष आसाबादी देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *