नाचेर विश्व किर्तिमान बनाउने बन्दना नेपालको समाजसेवामा लाग्ने इच्छा ( भिडियो )

सबैभन्दा बढी समय लगातार नाचेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा आफ्नो नाम लेखाउन सफल बन्दना नेपालले आफुलाइ समाजसेवा राजनीति लाग्ने इच्छा व्यक्त गरेकी छिन। अभिनयमा समेत रुचि राख्ने बन्दनाले चलचित्रमा पनि आफ्नो कला देखाउने मन रहेको बताइन। बन्दनाले लगातार १ सय २६ घण्टा नृत्य गरेर भारतीयको पुरानो रेकर्डलाई तोड्दै आफ्नो नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा लेखाउन सफल बनेकी थिइन। त्यस यता सबै माझ चिनिएकी बन्दना नेपालले आफुले पाएको सफलतामा सन्तुष्ट रहेको एक अन्तरबार्तामा बताएकी छिन् ।

एक टेलिभिजनको कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मनको कुरा खोलेकी हुन्। बन्दना आफुले विश्वमा नेपालले राष्ट्रको नाम राख्न सफल भएसँगै समाजसेवामा लाग्ने ईच्छा पनि जागेको बताइन। राजनीतिमा लाग्ने खासै इच्छा नभएको तर समाजसेवाको एक पाटो राजनीति समेत भएकोले आफु राजनीतिमा समेत लाग्न सक्ने बताएकी हुन्। नाच संगै अभिनयमा समेत इच्छा राख्ने बन्दनाले चलचित्रको राम्रो कथावस्तु अवसर पायो भने चलचित्रमा पनि अभिनय गर्ने बताइन । बन्दनालाई अहिले पनि चलचित्रमा काम गर्न अफर आउने गरेको कुराको खुलासा उनको बाबुले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *