सर्भरमा समस्या आएपछि सरकारी वेवसाइटहरु बन्द

सरकारी सर्भरमा समस्या आएपछि देशरभरका सरकारी वेबसाइटहरु बन्द भएको छ। जसका कारण सरकारी कार्यालयको सबै काम प्रभावित बनेको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा प्राविधिक समस्या आएपछि सरकारी वेबसाइटहरु बन्द भएको हो। करिब आधा घन्टा देखि सिस्टममा समस्या देखिएपछि सबै सरकारी साइटहरु बन्द भएका हुन्।

सर्भरमा सामान्य समस्या आएको र मर्मतको कार्य भैरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जानकारी दिएको हो । करिब आधा घण्टामा सरकारी वेवसाइटहरु पुन: संचालनमा आउने सूचना प्रविधि केन्द्रका सूचना अधिकारीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *