जन्मदिनमा नायक सलिनमान पाए डबल खुसि, जिते उत्कृष्ट नायकको अवार्ड

नायक सलिनमान बानियाले उत्कृस्ट नायकको अवार्ड पाएका छन्। काठमाण्डौमा आयोजना गरिएको ‘डी सिने अवार्ड’ मा सलिनमानले उत्कृष्ट नायकको अवार्ड उचालेका हुन् । आज नायक सलिनमान बनियाँको जन्मदिन हो , आज उनको जन्मदिनको दिनमा दोहोरो खुसि मनाउने अवसर पाएको छ। नया पुस्ताका कलाकार सलिनमान बनियाँले ‘ए मेरो हजुर २’ चलचित्र बाट फिल्मी क्षेत्रमा पाइला सुरु गरेका थिए । सोहि दोश्रो चलचित्र ‘यात्रा’ ले नै उनलाई उत्कृस्ट नायकको अवार्ड दिलाएको हो।

 

दोश्रो चलचित्र सम्म आइपुग्दा सलिनमान कलाकारितामा थप खारिएका छन् । थोरै चलचित्र गरेका सलिनमानले भर्खर दोश्रो चलचित्रमा अभिनय गरेका थिए। ‘डी सिने अवार्ड’ मा उत्कृष्ट नायकको अवार्ड पाएपछि खुशी हुदै आफुले यो अवार्ड पाउने आशा नगरेपछि आफुलाई जुरीले उत्कृष्ट ठानेर अवार्ड दिएकोमा खुशी व्यक्त गरे । नायक सलिनमान बनियाँले आफुलाई अभिनयमा निखार्दै अघि बढिरहेका छन्। उनको अभिनयमा सुधार पनि आएको छ। उनले दिएको एक्सनले समेत धेरै दर्शक प्रभावित बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *