जागिर दिने भन्दै दर्जनौं युवा युवती ठगेपछि, पीडितहरु पुगे सिधा कुरा जनताको कार्यालय

देशमा बेरोजगारि व्याप्त छ। यसैको फाइदा उठाउदै रोजगारी दिने नाममा कम्पनिनै खडा गरि बेरोजगारी युवाहरुलाई रोजगारी दिने नाममा ठग्ने गिरोह जताततै सक्रिय छ। कतिले पत्रिकामा छपाएर थाग्छां त कतिले रोजगारी दिने नाममा परिक्षा लिने बहानामा रकम उठाएर फरार हुने गर्छन। कतिले ट्रेनिङ्ग दिने भन्दै फिस लिने र काममा लगाएर तलब नदिएर ठग्ने गर्छन। यस्तै एक घटना बालुवाटारमा कार्यालय रहेको रानी डाइना विजनेश ग्रुपको छ। उनीहरुले रोजगारी दिने नाममा श्रम शोषण गरेको भन्दै दर्जनौ युवाहरुलाई रबि लामिछानेको सिधा कुरा जनताको कार्यालयमा पुगेका छन् ।

यी युवाहरुले आफुहरुलाई ठगेको भन्दै प्रहरीमा जाहेरी समेत दिएका छन्। उक्त कम्पनि मा काम गर्ने ४० जना युवाहरुले रोजगारी दिने नाममा आफुहरुलाई ठगेर पिडित बनाएको भन्दै पिडा पोख्दै सिधा कुरा जनताको कार्यालयमा पुगेका थिए। कार्यालमा पुगेर रानीराज्य लक्ष्मी राणा संस्थापक अध्यक्ष रहेको पिडित युवाहरुले बताएका थिए। उक्त कम्पनीले युबाहरुलाइ पर्सनालिटी एण्ड लिडरशीप ट्रेनिङका लागि भन्दै १४ देखि १६ हजार रुपैयासम्म लिएको र पछि रोजगारी दिने बताएको पिडित हरु बताउछन। तर पछि उनीहरुलाई पार्टी प्यालेसमा भाडा माझ्ने, भान्सा सफा गर्ने काम गराएको भन्दै पिडितहरुले गुनासो गरे।

ति युवाहरुले पार्टी प्यालेसमा दुख गरि माझेको भाडा र गरेको सरसफाईको समेत तलब नदिएर उनीहरुको श्रम शोषण गरेको भन्दै गुनासो गर्न सिधा कुरा जनाताको कार्यालय पुगेका थिए। १८ देखि ३० हजारसम्म तलब दिने भन्दै नियुक्ति गरिएको भएपनि ४ महिना सम्म काम गर्दा पनि एक रुपैया नदिएको पिडितहरुले बताए।

सम्बन्धित व्यक्ति भनिएकी महारानीले आफु उक्त संस्थामा नरहेको जनाउछिन । केही युवाहरुले विरोध गर्न थालेपछि उनीहरुलाई विदेश पठाइदिन्छु भन्दै उनीहरुको पासपोर्ट लिइएको रहेछ तर फिर्ता भने गरिएन। पिडितहरुले आफ्नो पैसा माग्दा राता–रात गायब गराईदिने सम्मको धम्कि पाएको बताए। जस्पछी अहिले उनीहरुले प्रहरीमा ठगीको उजुरी गरेका छन् भने प्रहरीले यस विषयमा छानविन गरिरहेको छ । यो खबर न्युज २४ नेपालमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *