यी युवाले ८ कक्षा पास गर्न सकेनन् तर आइडियाले उनलाई बनायो करोडपति

कति कुरा हरु सुन्दा पत्यार नलाग्ने हुन्छन तर बास्तबिक हुन्छन। यस्ता कुराहरु नपत्याएर सुख नै हुदैन। यस्तै बास्तबिक तर अपत्यारिलो कथा हो भारतको सहर लुधियाना बस्ने त्रिसनिस अरोडाको। उनले आफुलाई भारतकै सबैभन्दा कान्छा सिइओ बनेर आफुलाई साबित गरिसकेका छन्। हाल मात्र २३ बर्ष पुगेका अरोडा लाइ केही अघि फोब्र्स पत्रिकाले ‘एसिया थर्टी अन्डर थर्टी’ मा उनको नाम सार्बजनिक गरेको थियो। जुन आफैमा ठुलो उपलब्धि हो।

अरोडाले मात्र २१ वर्षको उमेरको हुदा आफ्नै कम्पनी खोले । कान्छा सिइओहरुको सूचीमा आफ्नो नाम आओस् भनेर नै उनको यो कम्पनीको सुरुवात गरे । उनलाई आफुलाई औपचारिक शिक्षामा सफल गराउन सकेनन तर बास्तबिक जिबनको परिक्षामा भने उनले आफुलाई अब्बल साबित गरे । कक्षा ८ मा फेल हुँदा किन के कारण फेल भएको भन्दै घरमा निकै गाली खाएका थिए । त्यसको जवाफमा उनले घरमा आफुलाई पढ्ने मनै नभएको जवाफ दिएका थिए। स्कुल जाने उमेर मा उनि स्कुल हैन कम्प्युटरमा समय खर्च गर्थे जसको कारण आजको उनको नाम बनेको छ।

पढ्नमा फिटिक्कै रुचि नभएको उनले स्कुलको औपचारिक शिक्षालाइ महत्व दिएनन बरु आफ्नो प्यासन अनुसारको रुचिको क्षेत्रमा काम गर्न कम्पनी खडा गरे , कम्पनीको नाम थियो – टिएसी सेकयुरिटी । स्कुलको कक्षा ८ मा पढ्न जान नभ्याउने गरि उनले कम्प्युटर पढ्ने सिखने र ज्ञान हासिल गर्न थाले। कम्प्युटरबारे नयाँ जानकारी सम्हालेर राख्न थाले । पढाइ छोडेर उनले उनले खोलेको कम्पनीले साइबर सेक्युरिटी सम्बन्धि काम गर्छ। जुन कम्पनि ले अहिले करोडौं रुपैया कमाइरहेको छ । लुधियानाको एक सामन्य परिवारमा जन्मिएका त्रिसनिस अरोडा भारतका प्रसिद्ध इथिकल ह्याकरमध्ये एक हुन् ।

पढाइमा रुचि नराखेको र उनले गरेको कामलाइ सुरुमा उनको परिवारले मनपराएका थिएनन्। तर हिम्मत नहारी उनि आफ्नो काममा लागि रहेको जसको कारण आज उनको करोडौको कम्पनि खडा भएको छ। आज मै हुन् भन्ने भारतका ठूला ठुला कम्पनी समेत उनि संगै काम गरिरहेका छ्न। रिलायन्स, सिबिआई, पन्जाब प्रहरी, गुजरात प्रहरी, अमूल लगायतले उनको कम्पनि संगै काम गर्छन भने दुबई र बेलायतबाट पनि उनलाई काम आउने गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *