बैशाख भित्रै रिङरोडमा सुविधायुक्त विद्युतिय गाडी, जहाँ पुगेपनि मात्र २० रुपैंयाँ

बैशाख महिना भित्रै उपत्यकाको रिङरोडमा विद्युतिय गाडी गुड्ने भएको छ । सुन्दर यातायात प्रालिले उपत्यकाको रिङरोडमा विद्युतिय गाडी गुडाउने भएको हो । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए अनुसार नीतिगत अस्पष्टताका कारण थन्किएर बसेको २ वटा बिद्युतीय गाडी ३ महिनादेखि सञ्चालनको अन्तिम तयारीमा रहेको बताए । यातायात व्यवस्था विभागले पनि यी गाडी सञ्चालनको विषयमा राम्रो प्रतिक्रिया दिएको जानकारी उनले दिए।

 

सुन्दर यातायातले रिङरोड भित्र जहाबाट चढेर जहाँ पुगे पनि २० रुपैयाँ मात्र भाडा लिने जनाएको छ भने विद्यार्थीहरुलाई ५ रुपैयाँ छुट दिने समेत बताएको हो । भने अशक्तहरुलाई भने निशुल्क यात्रा गराउने जनाएको छ ।‘उर्जामन्त्री वर्षमान पुनले एक साताभित्र महसुल निर्धारण गरी दिने जनाएका छन् । यहि महिनाभित्र गाडी चल्ने सम्भावना रहेको अध्यक्ष थापाले जानकारी दिएको छ। सुरुमा रिङरोडमा सञ्चालन गर्ने योजनामा रहेको यस कम्पनि ले पछि बिस्तारै अन्य शाखा बाटोमा पनि सञ्चालन गर्ने जनाएको छ। कम्पनीले आफ्नो गाडीको चार्ज गर्नका ७ वटा चार्जिङ स्टेसन बनाउन २ करोड ५० लाख खर्च गरेको छ।

हाल सुन्दर यातायात संग २ वटा मात्र विद्युतिय गाडी रहेको भएपनि इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने थापाले जनाएका छन् । भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पेबाट तिर्न सकिने थापाले जनाए । गाडीमा उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर, ६ वटा सिसि क्यामरा, जिपिएस, एसीलगायतको सुविधा छ भने गाडी कतै पनि रोकिएर यात्रु नपर्खने र अशक्तलाई निशुल्क यात्रा गराउने थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *