हृदयघात हुनुभन्दा १ महिना अघि शरीरले दिन थाल्छ यस्ता संकेत, ध्यान दिनुहोस

हृदयघात अर्थात् हार्ट अट्याक बडो खतरनाक परिस्थिति हो। बेलैमा स्वास्थ्यको ख्याल राख्ने हो भने यस्तो परिस्थिति आउन बाट जोगाउन सकिन्छ। हृदयघात सब्द सुन्दा नै डर लाग्ने जो कोहि लाइ पनि पर्न सक्छ। यस्तो समस्या जतिखेर पनि जहाँ पनि जसलाई पनि आउन सक्छ । मुटुलाई स्वस्थ राख्ने हो भने हृदयघात बाट बच्न सकिन्छ। मुटुरोग प्राणघातक भएनि ८०% हृदयघात रोकथाम गर्न सकिन्छ। समयमै ध्यान नदिदा हृदयघातका कारण हरेक वर्ष हजारौ मानिसको मृत्यु हुने गरेको छ।

हृदयघात उमेर पुगेका बूढाबूढीलाई मात्र हुन्छा भन्ने छैन भर्खरका युवाहरुलाई पनि हुन्छ । युवा अबस्थामा रहेका धेरै व्यक्ति पनि यसको शिकार भएको धेरै घटना छ । हृदयघात हुनुभन्दा केहि समय देखि नै विभिन्न लक्षण देखिन शुरु गर्छ । यस्ता लक्षण हरुलाई ध्यान दिँदा हृदयघातको खतराबाट बच्न सकिन्छ ।

अन्य भागमा पीडा

छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

सास लिन अप्ठ्यारो

सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।

पाचनतन्त्रमा गडबडी

पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।

आत्तिने

लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिना

कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।

गोडा फुल्ने

मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।

ढुकढुकी बढ्नु

धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *