आफूले चाहेको समयमा सेड्युल गरि इमेल यसरी पठाउनुहोस्

अब इमेल पनि तपाईं हामीले चाहेको समयमा सेड्युल सेट गरेर पठाउन सकिने भएको छ। गूगलको इमेल सर्भिस जिमेलले आफ्नो प्रयोग कर्तालाई यस्तो सुबिधा प्रदान गरेको हो। अरु काममा व्यस्त हुनुपर्ने समयमै इमेल पठाउन परे पनि अब भने समस्या नहुने भएको छ। तपाईंले आफुले इमेल तयार पारेर सेड्युल तयार पारि राखेको समय मा इमेल आफैल सेन्ड हुने छ। अब प्रयोग कर्ताले जिमेलमा निश्चित समयमा इमेल प्रेषित हुनेगरी शेड्यूल गर्न सक्नेछ , अब इमेल पठाउनु पर्नेछ चिन्ता मान्नु पर्दैन ।

जिमेलले गत वर्ष ल्याएको यो फिचरको सहयोगले जिमेल मार्फत कसैले पनि आफुले चाहेको समयमा प्रेषित हुनेगरी इमेललाई पाइपलाइनमा राख्न सक्दछन् । यस्तो फिचरको बारेमा धेरै लाइ जानकारी नभएको र गुगलको यो फिचरका प्रयोगकर्ता निकैथोरै भएको बताइएको छ। गुगलले आफ्नो १५ औँ वर्ष पुरा भएको अवसरमा इमेलको यस्तो शेड्यूल सेवा घोषणा गरेको थियो। तपाइँहरु पनि जिमेलको यस्तो सेवा सुबिधा प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि तपाइहरुले यस्तो तरिका अपनाउन सक्नुहुन्छ।

१. सबैभन्दा पहिले ब्राउजर खोलेर जिमेल लगइन गर्नुस्

२. जिमेलको बायाँ भागमा रहेको कम्पोज बटनमा क्लिन गर्नुहोस्

३. अब न्यू मेसेज विन्डो खुल्छ, त्यसपछि आफूले लेख्न चाहेको इमेल लेख्नुहोस् र सम्बन्धित ठाउँमा आफूले इमेल पठाउदा पाउनेको इमेल ठेगाना पनि लेख्नुहोस्

४. त्यसपछि send मा क्लिक गर्नुको साटो त्यसैसँग रहेको एरो आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको schedule send अप्सनमा क्लिक गर्नुहोस् ।

५. त्यसपछि एउटा सानो विन्डो खुल्नेछ, जसमा possible time अप्सन देखिन्छ ।

६. यदि उपलब्ध अप्सनमा तपाईंका लागि आवश्यक समयको विकल्प उपलब्ध छैन भने pick date and time अप्सनमा क्लिन गर्नुहोस् ।

७. अन्ततः क्यालेन्डर देखा पर्नेछ र त्यहाँ तपाईंले मिति र समय छनोट गरी उक्त इमेललाई समय तालिकामा राख्न सक्नुहुनेछ । त्यसो गर्दा तपाईंले छनोट गरेको सोही समयमा उक्त इमेल सम्बन्धित व्यक्तिलाई जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *